‘रुट क्यानल’ उपचारलाई थप प्रभावकारी र पहुँचयोग्य कसरी बनाउने ? डा. कावलीपुरापुले केडीसी आएर सिकाए आईडिया
काठमाडौं, २२ जेठ । उपचार पद्धतीमा आएका आविस्कार तथा आधुनिकताले जटिल समस्यालाई सहज बनाउँछ, धेरै समय लाग्ने उपचारलाई थोरैमा झारिदिने गरेको छ ।
कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले बिहीबार चिकित्सक तथा विद्यार्थीहरुलाई यस्तै प्रशिक्षण दियो ।
भारतको हैदरबादबाट आएका डा. कावलीपुरापु वेंकट तेजाले खासगरी रुट क्यानल ट्रीटमेन्ट (आरसीटी) का विषयमा नयाँ तथा सहज पद्धतीका बारेमा आफ्ना अनुभव र सरल ढंगले गर्न सकिने कामबारे बताएका थिए ।
‘सेलिङ द फ्युचर इन्नोभेटिङ वीथ बायोक्रेमिक्स फर सुपेरियर इन्डोडोन्टिक्स सक्सेस’ शीर्षकमा डा. बेंकट तेजाले प्रस्तुतिले उपचारमा नयाँ पन र पद्धती के के भित्रिएका छन् ? हाम्रो जस्तो कम विकसित मुलकमा के कसरी आरसीटी उपचारलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने लगायतका विषयमा बोलेका थिए ।
कार्यक्रममा सहभागी केडीसीका डा. दिवाकर झाले उपचार सेवालाई थप प्रभावकारी र अत्याधुनिक गराउने सन्दर्भमा अन्तराष्ट्रियस्तरको विज्ञलाई बोलाई अनुभव आदानप्रदान गरिएको बताए ।
‘यो हाम्रो हेनसन प्रोग्राम हो । यसले हाम्रो जस्तो देशमा उपचारलाई कसरी प्रभावकारी, आम जनमानसको पहुँचमा पुरयाउने भन्ने विषयमा धेरै कोणबाट बताएको’ भन्दै राम्रो सिकाई भएको बताए ।
उनले कार्यक्रममा ३० बढी बीडीएस चिकित्सक तथा बीडीएस विद्यार्थीहरु सहभागी भएको बताए ।
सम्पर्क इमेल : [email protected]