सुर्तीजन्य पदार्थ बिरुद्धको दिवसका दिन ‘वाक द टक’ : ‘डब्लुएचओ’संग जोडियो नेपाल हेल्थ कोर्प्स

काठमाडौँ, १८ जेठ । शनिबार मे ३१ अर्थात विश्व सुर्तीजन्य पदार्थ रहित दिवस । काठमाडौँ उपत्यकामा विहानै देखि झरि परिरहेको थियो तर अभियान सञ्चालनका लागि आतुर स्वास्थ्यकर्मी, मेडिकल विद्यार्थी र युवाको जोशमा कुनै फरक परेन ।

विश्व स्वास्थ्य संगठन नेपाल (डब्लुएचओ)को आयोजनामा शनिबार विहान सुरु भएको ‘वाक द टक’ कार्यक्रममा यसपटक डब्लुएचओका प्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न कलेजका विद्यार्थी, युवा तथा संगै नेपाल हेल्थ कोर्प्सका प्रतिनिधिसहित ६० बढीको सहभागिता थियो ।

डब्लुएचओको परिसरबाट सुरु भएको वाक द टक बागमती करिडोर हुँदै त्रिभुवन विश्वविद्यालय मन्दिर परिसर कीर्तिपुरसम्म पुगेको थियो । सो क्रममा टोलीले सुर्तीजन्य पदार्थ बारे जनचेतना जगाउन विभिन्न सन्देशमुलक पम्प्लेट बितरण गर्नुका साथै धूमपान विरोधी नाराहरु लगाएका थिए ।

सो अवसरमा डब्लुएचओ नेपालका प्रमुख डा राजेश सम्भाजी राव पाण्डवले सम्छिप्त मन्तव्य दिएका थिए । उनले युवालाई सम्लग्न गराएर विद्यालय स्तरमा जनचेतना फैलाउने नेपाल हेल्थ कोप्र्सको प्रयासको प्रसंशा गरेका थिए । सो क्रममा नेपाल हेल्थ कोर्प्सका दूतहरुद्धारा प्रस्तुत कला प्रदर्शन मार्फत सुर्तीजन्य पदार्थले व्यक्तिगत र सामाजिक जीवनमा पार्ने नकारात्मक असरहरुलाई भावनात्मक रुपमा उजागर गरेको थियो ।

नेपाल हेल्थ कोर्प्स, एक युवा नेतृत्वमा आधारित गैरसरकारी, गैरनाफामूलक संस्था हो, शाम्भवी अधिकारी भन्छिन्, जसले फेब्रुअरी २०२५ देखि राष्ट्रियस्तरको धूम्रपानविरोधी अभियान सञ्चालन गर्दै आएको छ। उनका अनुसार हालसम्म सो अभियान ७ वटै प्रदेशका ६२ विद्यालयहरूमा करिब ६,००० विद्यार्थीहरू सम्म पुगिसकेको छ, जसको उद्देश्य सानै उमेरदेखि सुर्तीजन्य पदार्थको हानिकारक असरबारे सचेतना फैलाउनु हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *