राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको महाधिवेशन : जगत नेपालीको पनि अध्यक्ष पदमा दावेदारी

काठमाडौँ, १७ जेठ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेद्धारी घोषणा गर्ने क्रम जारी रहेको छ ।

काठमाडौँमा आज देखि सुरु भएको महासंघको पाँचौँ राष्ट्रिय अधिवेशनबाट छनौट हुने नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा जगत नेपालीले पनि दावेदारी प्रस्तुत गरेका छन् ।

पेशागत हकहित अधिकार संगै सुरक्षाका विषय मेरो एजेण्डा हो । यसअघि संस्थाको उपाध्यक्ष भएर काम गरिसकेको र देशभरबाट आएका प्रतिनिधिहरुले नेतृत्व लिनका लागि सुझाव दिएकोले आफू महासंघको नेतृत्व गर्न तयार रहेको बताए ।

यस अघि अध्यक्ष डा झलक गौतम, उपाध्यक्ष रामहरि ढकाल र भीमराज सिंहले अध्यक्ष पदमा उठ्ने घोषणा गरिसकेका छन् ।

नेकपा एमालेको जनवर्गीय संगठन महासंघको महाधिवेशनको उद्घाटन गर्न आएका आज राष्ट्रिय सभा गृह पुगेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमति र नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न सुझाव दिएपछि आकांक्षीहरु हौसिएका छन् ।

महाधिवेशन आज र भोलीमा सम्पन्न हुने भनिएको थियो । तर लम्बिने छाट देखिएपछि आयोजक समितिले तेस्रो दिनको कार्यक्रम एमाले पार्टी कार्यालय च्यासलमा गर्ने तयारीमा छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *