राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको उपाध्यक्ष रामहरि ढकालको पनि अध्यक्ष पदमा दावेदारी
काठमाडौँ, १७ जेठ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका उपाध्यक्ष रामहरि ढकाललले महासंघको आगामी नेतृत्वका लागि आफूले पनि अध्यक्ष पदमा उम्मेद्धारी दिने घोषणा गरेका छन् ।
महासंघको पाँचौं केन्द्रीय महाधिवेशन आजबाट काठमाडाँैमा सुरु हुँदैछ । भोलीसम्म चल्ने यो महाधिवेशनले ९९ सदस्यीय नयाँ कार्यसमिति छनौट गर्नेछ ।
उपाध्यक्ष ढकालले आफू अहिलेसम्म महासंघको सिनियर उपाध्यक्षको रुपमा काम गरिरहेकोले स्वत अध्यक्ष पदको दावेदार हुने भन्दै उम्मेद्धारीको घोषणा गरेको बताए ।
‘खासमा सहमतिबाटै नेतृत्व हुन्छ कि भनेर पर्खिएको हो तर मिडियाबाट अरु साथीहरुले पनि धमाधम उम्मेद्धार बन्ने घोषणा गर्न थाल्नु भयो । त्यसैले मैले पनि यो जानकारी गराउन आवश्यक ठानें कि म आगामी कार्यसमितिका लागि अध्यक्ष पदको उम्मेद्धार हुँ’ ढकालले भने ।
यसअघि उपाध्यक्षद्धय जगत नेपाली र भीमराज सिंहले अध्यक्ष पदमा उम्मेद्धारी दिने घोषणा गरिसकेका छन् ।
वर्तमान अध्यक्ष डा. झलक गौतमले एक कार्यकाल पुन: दोहोरिन चाहेको बताएका छन् ।
पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।
राष्ट्रिय सभागृहमा सुरु हुने महादिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।
सम्पर्क इमेल : [email protected]