अन्नपूर्ण न्युरो अस्पतालले भन्यो, ‘आलमको स्वास्थ्यमा क्रमिक सुधार’

काठमाडौँ, १६ जेठ । अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत पूर्व मन्त्री तथा कांग्रेस नेता मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा सुधार आएको छ ।

अस्पतालले बेलुका विज्ञप्ती जारी गर्दै आलमको स्वास्थ्यमा सुधार आएको बताएको हो । यद्धपी उनलाई सघन उपचार कक्ष (आईसीयू)मा विशेषज्ञ स्नायू चिकित्सकको निगरानीमै राखेर उपचार जारी छ ।

अस्पतालका अनुसार आलमको आज विहान ७ बजे अचानक बोली अस्पष्ट र शरीरको एक भाग कमजोर भएको लक्षण देखिएको थियो । परिवारले तत्कालै उनलाई अन्नपूर्ण अस्पताल पुरयाएका थिए ।

अस्पतालमा आईसकेपछि उनको शारीरिक, रगत तथा एमआरआई जाँच गरिएको थियो । सो क्रममा मस्तिष्क घात (एक्युट स्केमिक स्ट्रोक) देखिएको थियो । त्यसपछि तत्कालै टीपीए (टिस्यु प्लासमिनोङ एक्टीभेटर) औषधी दिएर उपचार गरिएको थियो । तत्कालै औषधीले काम गरेपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आएको बताएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *