राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन : भीमराज सिंहद्धारा अध्यक्ष पदमा उम्मेद्धारी दिने घोषणा

काठमाडौँ, १६ जेठ । आगामी शनिबार देखि सुरु हुने राष्ट्रिरय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष पदमा भीमराज सिंहले दावेदारी प्रस्तुत गरेका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका उपाध्यक्ष भीमराज सिंहले पाँचौँ राष्ट्रिय महादिवेशनमा आफ्नो उम्मेद्धारी अध्यक्ष पदमा हुने घोषणा गरेका छन् ।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै सिंहले तीन दिन पछि सुरु हुने महाविशन र त्यसबीचमा हुने नेतृत्व छनौट प्रक्रियामा आफू अध्यक्ष पदमा उम्मेद्धारी दिने घोषणा गरेका हुन् ।

आगामी शनिबारबाट सुरु हुने राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनले ९ पदाधिकारी सहित ९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्दैछ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुने सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने बताइएको छ ।

स्वास्थ्यकर्मी महासंघको तल्ला तहका सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी हुँदै आएका उपाध्यक्ष सिंहले आफु प्रतिनिधिहरुको चाहना बमोजिम अध्यक्ष पदको दाबेदार रहेको बताए ।

विज्ञप्तीमा उनले संगठनमा रहँदाको पृष्ठभूमी समेत समावेश गरेका छन् ।

संगठनमा रहँदाको पृष्ठभूमी

  •  विसं २०६७ सालमा दोस्रो महाधिवेशनमा केन्द्रीय सदस्य तथा सेती इन्चार्ज
  • २०७१ सालमा तेस्रो महाधिवेशनबाट  केन्द्रीय सदस्य,  भेरी इन्चार्ज
  • २०७४ सालमा कर्णालीको सहसंयोजक
  • २०७६ सालमा कर्णाली संयोजक
  • २०७८ सालमा केन्द्रीय उपाध्यक्ष
  • २०७९ मा चौधौं महाधिवेशनबाट पूर्ण केन्द्रीय उपाध्यक्ष, हाल घटक इन्चार्जको रुपमा रहेको बिगत १५ बर्ष देखि निरन्तर केन्द्रीय स्तरको सांगठनिक जिम्मेवारीमा रहेको ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन : भीमराज सिंहद्धारा अध्यक्ष पदमा उम्मेद्धारी दिने घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *