सुर्तीजन्य र मदिराजन्य पदार्थमा भन्सार दर, अन्तशुल्क दर र जोखिम कर सामान्य बृद्धि

काठमाडौँ, १५ जेठ । सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थमा आगामी आर्थिक वर्ष देखि करको दरमा सामान्य बृद्धि हुने भएको छ । उपप्रधान एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आज पेश गरेको बजेट बक्तव्यमा सो जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘मदिरा वियर सुर्ती रचुरोटको आयातमा लाग्दै आएको भन्सार दरमा बृद्धि गरेको छु । भन्सार महसुलका केही दर समायोजन गरेको छु । विद्यमान अन्तशुल्क दरमा सामान्य बृद्धि गरेको छु । स्वास्थ्य जोखिम करको दर विस्तार गरेको छु ।’

जनस्वास्थ्यमा प्रत्यक्ष असर गर्ने सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थमा करको दर भारी मात्रामा बृद्धि गर्न स्वास्थ्य विज्ञहरुले सुझाव दिदै आएका छन् ।

सरकारले भने यस्ता बस्तुहरुमा करको दर सामान्य रुपमा बृद्धि गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *