डा. भोला रिजालको सन्देशमुलक गीत ‘मेरो मृत्युपछि’ सार्वजनिक
काठमाडौँ, ११ जेठ । त्यसो त बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा भोला रिजालको ख्याति उपचारात्क क्षेत्रबाहेक गीत संगीत, साहित्य सिर्जना तथा म्युजिक भिडियो चलचित्र क्षेत्रमा पनि उत्तिकै छ । चलचित्र बनाउने देखि चलचित्रका गीत लेख्ने, गाउँने र अभिनय गर्ने कार्यमा उनी धेरै अघि देखि लाग्दै आएका छन् ।
पछिल्लो पटक भने उनले अंगदान सम्बन्धी सन्देशमुलक गीत बजारमा ल्याएका छन् । शनिबार एक कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरिएको छ ।
मेरो मृत्युपछि नाम दिईएको उक्त उक्त गीतको शब्द रचना डा रिजाल स्वयंको हो, संगीत न्ह्यु बजाचार्यको छ भने प्रविण भेडवालको स्वर रहेको छ ।
सो गीतको म्युजिक भिडियोमा भने डा रिजालसंगै बरिष्ठ मुटुरोग विशेषज्ञ, डा भगवान कोइराला, बरिष्ठ मिर्गौला रोग विशेषज्ञ एवं अंग प्रत्यारोपण सर्जन डा पुकारचन्द्र श्रेष्ठ, आँखा रोग विज्ञ डा. रिता गुरुङ, र बरिष्ठ मुटुरोग विशेषज्ञ डा जोतेन्द्र शर्माले अभिनय गरेका छन् ।
गीतमा अंग दान गरेर पुण्य कमाउन सर्वसाधारणलाई आव्हान गरिएको छ ।
कार्यक्रममा बोल्दै गीतकार डा। रिजालले मृत्यु पछिको संसार अहिलेको भन्दा राम्रो हुने दाबी गर्दै त्यसको लागि यो जुनीमा अंगदान जस्ता अर्काको भलाई हुने काम गर्नु पर्ने बताए ।
अंग प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठले डा रिजालको यो गीतले अंग प्रत्यारोपणका क्षेत्रमा ठुलो सहयोग हुने बताए ।
आँखा रोग विज्ञ डा. रिता गुरुङले अंगदानका विषयमा अझै जनचेतना बिस्तार गर्नु पर्ने आवश्यकता रहेको बताइन ।
देउराली जनता फर्मास्वुटिकल्सका प्रवन्ध निर्देशक हरिभक्त शर्माले अंगदानको् क्षेत्रमा समाजका सबै तह र तप्काको सहकार्य हुनु पर्नेमा जोड दिए ।
सम्पर्क इमेल : [email protected]