नेप्लीज एसोसिएशन अफ पेडियाट्रिक डेन्टीस्ट्रीको छैटौँ राष्ट्रिय सम्मेलन तथा चौथो पीजी अधिवेशन सम्पन्न

880
Shares

 

काठमाडौँ, ४ जेठ । बाल दन्तरोग विशेषज्ञहरुको संस्था ‘नेप्लीज एसोसिएशन अफ पेडियाट्रिक डेन्टीस्ट्री’को छैटौँ राष्ट्रिय सम्मेलन तथा  चौथो पीजी अधिवेशन सम्पन्न भएको छ ।

नेपाल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजको सहकार्यमा गत शुक्रबार देखि सुरु भएको सम्मेलन संगै अधिवेशन शनिबार सम्पन्न भएको हो ।

एसोसिएशनका अध्यक्ष प्राडा परजिता दीक्षितका अनुसार पहिलो दिनको कार्यक्रम नेपाल मेडिकल कलेजमा आयोजना गरिएको थियो । जहाँ पहिलो सत्रमा डा. दीपेश प्रजापति र डा. उज्ज्वल जोशीले पीजी रेजिडेन्टहरूको लागि कार्यशाला सञ्चालन गरेका थिए । त्यसपछि दोस्रो सत्रमा बाल दन्त चिकित्सासँग सम्बन्धित प्रतिस्पर्धात्मक कार्यपत्र प्रस्तुति गरिएको थियो ।

दोस्रो दिन भने सम्मेलन अरण्य बुटिक होटलमा सम्पन्न भएको थियो । जसमा करिब ५० प्रतिनिधिहरू उपस्थित थिए।

नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष प्राडा प्रणय शाक्य प्रमुख अतिथि बनेको सो कार्यक्रमको उद्घाटन पछि उनैले नेपालको परिदृश्यमा बाल दन्तचिकित्सकको महत्त्वमाथि प्रकाश पारेका थिए। उद्घाटनमा अन्य दन्त संघका प्रतिष्ठित व्यक्तिहरू पनि उपस्थित थिए।

एसोसिएशनकी अध्यक्ष प्राडा दीक्षितले नेपालमा बाल दन्त चिकित्सकहरूको प्रमुख भूमिकामाथि प्रकाश पारिन्। उनले भनिन्, “एनएपीडीले बालबालिका र विशेष स्वास्थ्य सेवाको आवश्यकता भएका बालबालिकाको मौखिक स्वास्थ्य आवश्यकताको ख्याल राख्ने कुरामा विश्वास गर्छ। हामी बहुआयामिक दृष्टिकोणमा विश्वास गर्छौं र हाम्रा प्रयासहरूलाई महत्व दिने सबैसँग सहकार्य गर्न तयार छौं।’

प्राडा दीक्षितले  नेपालमा  विशेष स्वास्थ्य सेवाको आवश्यकता भएका बालबालिकाको मौखिक स्वास्थ्य सेवा व्यवस्थापन गर्न प्रशिक्षित छौं भन्दै सम्पूर्ण दन्त समुदायलाई हामीसँग हात मिलाएर काम गर्न अनुरोध गर्न चाहन्छौं भनिन् ।

नेपालमा मौखिक स्वास्थ्य समस्याहरूको स्तर बढेको छ । दाँत किरा लाग्ने दर उच्च देखिएको छ।  उनले बालबालिकाको सुधारको लागि नेपालका सबै प्रदेशहरूमा बाल दन्त चिकित्सकहरूको दरबन्दी बढाउनु पर्नेमा जोड दिईन् ।

सो बीचमा ८ जना राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरूले आफ्ना आठ प्रस्तुति दिएका थिए ।

भारतबाट आएका बाल दन्त चिकित्सकहरू एम्स दिल्लीका डा. मोरंकर राहुल र राजस्थानका डा. दीपेश प्रजापथले बाल दन्त चिकित्सासँग सम्बन्धित हालसालैका वैज्ञानिक अनुसन्धान र हालसालैका प्रगतिहरूमाथि प्रकाश पारेका थिए ।

यता अवनी फाउन्डेसनकी संस्थापक प्रज्ञा प्रधानले नेपालमा अटिजम भएका बालबालिकाका लागि राम्रो वातावरण सिर्जना गर्न काम गरिरहेको भन्दै प्रस्तुति दिएकी थिईन । उनले नेपालमा ९३ मध्ये १ बालबालिकामा अटिजम स्पेक्ट्रम डिसअर्डर रहेको तथ्य र यी बालबालिकाहरूको राम्रो मौखिक स्वास्थ्य आवश्यकताको महत्त्वमाथि पनि प्रकाश पारेकी थिईन ।

सम्मेलनमा प्राडा. सुमन गौतम (नेपाल मेडिकल कलेजको कन्जरभेटिभ डेन्टीस्ट्री र एन्डोडोन्टिक्स विभागका प्रमुख), प्राडा पराजीता दीक्षित (कान्तिपुर डेन्टल कलेजको बाल दन्तचिकित्सा विभागका प्रमुख), प्राडा सुनिता उपाध्याय (काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सेस, धुलिखेलको बाल दन्तचिकित्सा विभागका प्रमुख) डा अमिता राई (पिपुल्स डेन्टल कलेज) र डा। रसना श्रेष्ठ (काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सेस, धुलिखेल) ले पनि प्रस्तुति दिएका थिए ।

सो अवसरमा पेपर प्रस्तुतिकरणमा सहभागीमध्ये तीन जना पीजी रेजिडेन्टस्हरुलाई पुरस्कृत गरिएको थियो । पेपर प्रस्तुतिकरणमा प्रथम डा दृष्टि श्रेष्ठ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, दोस्रो डा. पूजा सेढाई (काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सेस, धुलिखेल) र तेस्रो डा श्रीजा जोशी पिपुल्स डेन्टल कलेज काठमाडौँ) भएका थिए ।

 

यसैबीच विश्वविद्यालय परीक्षामा पेडिटारिक डेन्टीस्ट्री (स्नातक कोर्स) विषयमा सर्वाधिक अंक प्राप्त गर्ने विद्यार्थीलाई दिईदै आएको एकेडेमिक एक्सिलेन्ट अवार्ड पिपुल्स डेन्टल कलेजकी डा मोनिका कुमालले प्राप्त गरिन् । सो पुरस्कार वीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानकी प्राडा बन्दना कोइरालाले स्थापित गरेकी हुन् ।

अतिथिहरुलाई सम्मेलन आयोजक समिति अध्यक्ष प्राडा संस्कृति खनालले स्वागत गरेकी थिईन् । यस्तै आयोजक समिति सचिव डा. मेघा प्रधानले धन्यवाद ज्ञापन गरेकी थिईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *