स्वास्थ्य समाजका लागि शुक्राको विहानी शिविर

काठमाडौँ, २ बैशाख । नियमित रुपमा गर्नु पर्ने स्वास्थ्य परीक्षणहरु नगर्दा कहिले काँही व्यक्तिको जीवनमा ठूलो स्वास्थ्य विपत्ती पर्छ ।

काठमाडौँको पानीपोखरीमा रहेको शुक्रा हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरले कसैलाई पनि यस्तो समस्या नहोस् भन्दै विहानी सत्रमा निशुल्क जाँच गर्ने सुविधा ल्याएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरर्गत स्वास्थ्य समाज निर्माणका लागि भन्दै सेन्टरले विहान साढे ६ बजे देखि १० बजेसम्म बाटो हिड्ने आम सर्वसाधारणको उच्च रक्तचाप, पल्सरेट, भाईटल्स, मधुमेह, अक्सिजन लेभल तथा तौल जाँच लिने व्यवस्था मिलाएको छ ।

सेन्टर रहेको भुईतलाको बाहिरी भागमै, मुल सडकको पेटीबाट सजिलै देखिने ठाउँमा स्टल राखेर आम सर्वसाधारणलाई नियमित जाँचको सुविधा दिएको छ ।

सेन्टरकी प्रशासन प्रमुख रोजिका प्रधानले यी जाँचहरु व्यक्तिले सामान्य ठाने पनि कहिले काँही वेवास्ता गर्दा ठूलो दुर्घटनामा पर्न भन्दै जनतालाई स्वास्थ्य सचेतना होस र आफ्नो अवस्था पनि थाहा होस भनेर यो अभियान सुरु गरेको बताईन् ।

परीक्षणमा सहभागी हेल्थ असिस्टेन्ट गौतमकुमार साहले भर्खरै सुरु भएको यो सेवा लिनका लागि अहिले दैनिक २० देखि २५ जना आउने गरेको बताए । उनले विस्तारै मानिसहरुले थाहा पाएपछि संख्या थपिनेमा आफू विस्वत रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *