कोरियन पद्धतीबाट पशु स्वास्थ्यको औषधी तथा आहारपुरक पदार्थको उत्पादन गर्दै नेपाली कम्पनी

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल) र दक्षिण कोरियाको कम्पनी केबीएनपीबीच भयो सम्झौँता

काठमाडौँ, ३१ बैशाख । नेपालमा अब कोरियन प्रविधिबाट पशु स्वास्थ्यका लागि औषधी तथा आहारपुरक पदार्थको उत्पादन हुने भएको छ । बुधबार कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल) र दक्षिण कोरियाको कम्पनी केबीएनपीबीच यस सम्वन्धि कार्यका लागि प्राविधिक सम्झौँता भएको छ ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल, पशु सेवा विभागका सहसचिव डा सलिना मानन्धर, नेपाल फार्मेसी परिषद्का अध्यक्ष प्रज्वलजंग पाण्डे, नेपाल औषधी उत्पादक संघका अध्यक्ष महेश प्रधान लगायतको उपस्थितिमा कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका तर्फबाट अध्यक्ष हेमराज बडाल तथा केबीएनपीका तर्फबाट हानी स्वङगले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सन् १९८८ मा स्थापना भएको केबीएनपी कोरियाको बहुराष्ट्रिय कम्पनि हो यसले भ्याक्सिन तथा अन्य भेटनरी औषधी उत्पादन तथा विश्वका ३९ देशमा निर्यात गर्दै आएको छ । यता २०७५ मा स्थापना भएको कान्तिपुर फर्मास्युटिकल्स ल्याव लिमिटेड नेपालको २६ भेट तथा ७० ह्युमेन मेडिसिन उत्पादन गर्ने फर्मा कम्पनी हो।

सम्झौँता पछि कान्तिपुर फर्माले केबीएनपी इन्कर्पोरेसन कोरियाको ब्राण्ड नाम प्रयोग गर्न पाउने छ भने नेपालमा लगानिको वातावरण राम्रो बनेमा केबीएनपीले यहाँ उत्पादित औषधि अन्य मुलुकमा निर्यात गर्ने समेत लक्ष्य लिएको छ।

सो अबसरमा बोल्दै विभागका महानिर्देशक ढकालले नेपालमा विश्वका ख्याति प्रप्त कम्पनीहरु सहकार्यमा आउनु राम्रो पक्ष रहेको भन्दै नेपालका विद्यमान ऐन कानुनहरु पालना गरेर काम गर्न सुझाव दिए ।

नेपाल फार्मेसी परिषद्का अध्यक्ष प्रज्वल जंग पाण्डेले नेपालमा औषधी उद्योगमा लगानीको संभावना रहेको भन्दै यो सहकार्यको लागी शुभकामना व्यक्त गरे।

त्यसैगरी पशु सेवा विभागकी सहसचिव डा शरीना मानन्धरले उद्योगलाई अन्तराष्ट्रिय सहकारर्यका लागि शुभकामना दिदै यस्ता कार्यमा विभागको सहयोग हुने प्रतिबद्धता व्यक्त गरिन्।

नेपाल औषधी उत्पादक संघका अध्यक्ष महेश प्रधानले शुभकामना दिदै विदेशी उद्योगले प्रविधी, लगानी आउने र विश्व बजारमा जाने बाटो समेत खोल्ने बताए। नेपालमा उद्योगको विकासमा निजी क्षेत्रले मात्र सम्भव नहुने भन्दै उनले सरकारले उद्योगमैत्री नीति बनाउनु पर्नेमा जोड दिए।

नेपाल उद्योग वाणिज्य कहासंघका उपाध्यक्ष हेमराज ढकालले नेपालमा पछिल्लो समय मुलुक बाहिर र भित्रका अनेक आर्थिक कारणले उद्योगहरु फस्टाउन नसकिरहेको अवस्थामा कान्तिपुर फर्मास्युटिकल ल्याबले उद्योगमा थप लगानी गर्नु सकरात्मक भएको भन्दै शुभकामना दिए।

केबीएनपी कोरिया एक्सपोर्ट डाइरेक्टर डा जेफ किमले भने नेपालको पशु औषधि बजारमा प्रचुर सम्भावना देखेका छौं भन्दै उनले आफूहरुको प्राविधिक ज्ञान र कान्तिपुर फर्मास्युटिकल्स ल्याबको गुणस्तरिय उत्पादन प्लान्ट तथा बजार व्यबस्थापन विशेषज्ञताको संयोजनले यहाँ उत्कृष्ट नतिजा दिनेमा विश्वस्त भएको बताए ।

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका अध्यक्ष हेमराज बडालले अब नेपालमै अन्तर्राष्ट्रिय स्तरको पशु औषधि उत्पादन गर्ने हाम्रो क्षमतालाई अभिवृद्धि गर्ने र नेपाली पशुधनको स्वास्थ्य सुधारमा ठोस टेवा पुग्ने बताए।

“यो प्राविधिक सहकार्यले नेपालको पशु औषधि उत्पादन क्षेत्रमा नयाँ आयाम थप्ने र देशलाई यस क्षेत्रमा आत्मनिर्भर गराई निर्यात तर्फ उन्मुख गराउन मद्दत पुग्ने विश्वास लिइएका छौ।”

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडलाई केविएनपिले लामो समयदेखि अनुसन्धानात्मक कार्यहरूमा सहयोग गर्दै आइरहेको कम्पनीका प्राविधिक प्रमुख विवेक सिंह महतले जानकारी दिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *