अतिरिक्त स्वास्थ्य सचिव बढुवा प्रक्रिया : आज बस्ने भनिएको बढुवा समितिको बैठक स्थगित
काठमाडौँ, २३ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएपछि आजै स्वास्थ्य सेवाको अधिकृत १२ औँ तह (अतिरिक्त स्वास्थ्य सचिव) पदका लागि नाम सिफारिस हुने सम्भावना रोकिएको छ ।
समितिले एक दुई दिन भित्रै बैठक बसेर नाम सिफारिस गर्ने तयारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयमा अहिले दुईवटा अतिरिक्त स्वास्थ्य सचिव पद दुई महिना भन्दा बढी समय देखि रिक्त छ ।
स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले बढुवाको समितिको बैठक आजका लागि बस्ने तय भए पनि अन्तिम समयमा केही सदस्यहरुको समय नमिलेपछि तय गरिएको बैठक स्थगित हुन पुगेको बताए । उनले आज स्थगित बैठक एक दुई दिन भित्रै बस्ने बताए ।
‘आवेदन दिने समय सकिएको एक महिना नाघिसक्यो, यसबीचमा आवेदकहरुको सम्पूर्ण कागजात तथा विवरण रुजु गर्ने काम भयो । अब एक दुई पटक बढुवा समितिको बैठक बसेपछि तीन जनाको नाम सिफारिस हुन्छ । त्यसपछि अन्तिम निर्णय मन्त्रिपरिषद्को बैठकले गर्छ,’ उनले भने ।
सचिव मैनालीले आवेदन दिएका मध्येका एक डा. डेलसिह जोशी (गाईने, अब्स) ले आफ्नो आवेदन फिर्ता लिई प्रतिस्पर्धाबाट बाहिरिएको पुष्टि गरे । यो संगै अतिरिक्त स्वास्थ्य सचिव पदमा प्रतिस्पर्धा गर्ने २३ जना बाँकी रहेका छन् ।
गत १२ फागुनमा स्वास्थ्य सचिवबाट डा. रोशन पोखरेल, अतिरिक्त स्वास्थ्य सचिवबाट डा. दीपेन्द्ररमण सिंह अवकाश भएका थिए । रिक्त सचिव पदमा डा. विकास देवकोटाले नियुक्ती पाएपछि अतिरिक्त स्वास्थ्य सचिव पद दुई वटा खाली थियो ।
स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ (२) बमोजिम कार्यसम्पादन क्षमताको आधारमा बढुवा गर्न भन्दै रिक्त दुई पदका लागि सचिवालयले गत ६ चैतमा सूचना प्रकाशित गर्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले आवेदन फारम डाउनलोड गरी १५ दिन भित्र भरेर पेश गर्न भनेको थियो ।
सोही सूचना अनुसार २१ चैतसम्ममा २४ जनाले बढुवा प्रतिस्पर्धामा उत्रिदै आवेदन दिएका थिए । त्यसमध्ये डा. डेलासिंहले आफ्नो आवेदन फिर्ता लिएका छन् ।
यी हुन् स्वास्थ्यको अतिरिक्त सचिव बन्ने प्रतिस्पर्धामा उत्रिएका २३ जना
१. डा. दिपक थापा प्रमुख – कन्सलटेन्ट सर्जन, भरतपुर अस्पताल चितवन
२. डा. सञ्जयकुमार ठाकुर – फिजिसियन, चिविराप्र वीर अस्पताल
३. डा. राजन पाण्डे – प्रमुख कन्सल्टेन्ट फिजिसियन, भेरी अस्पताल नेपालगञ्ज
४. डा. श्रीकृष्ण श्रेष्ठ – पेडियाट्रिसियन, पेडियाट्रिक्स
५. डा. किरणमणि पौडेल – पेडियाट्रिसियन। पेडियाट्रिक्स
६. डा. यदुचन्द्र घिमिरे – प्रमुख स्वास्थ्य प्रशासक, एकीकृत चिकित्सा
७. डा. सरोज शर्मा – रेडियोलोजिष्ट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
८. डा. विष्णुप्रसाद शर्मा – सर्जन, अरोरिनोल्यारिङ्गोलोजी
९. डा. प्रभा चापागाईँ – फिजिसियन, जनरल मेडिसिन
१०. डा. कृष्णप्रसाद पौडेल – पेडियाट्रिसियन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
११. डा. केशरबहादुर ढकाल – अब्सर गाइने – प्रादेशिक अस्पताल सुर्खेत
१२. डा. बासुदेव जनार्दन प्रसाद उपाध्याय९ प्रमुख कन्सलटेन्ट आयुर्वेद विज्ञ, आयुर्वेद
१३. डा. श्रवण कुमार थापा – अर्थोपेडिक सर्जन, वीर अस्पताल
१४. डा. सुधा देवकोटा – प्रमुख मेडिकल सुपरीटेन्डेन्ट, स्वास्थ्य सेवा विभाग
१५. दुर्गालक्ष्मी श्रेष्ठ – नर्सिङ प्रशासक, जनरल नर्सिङ
१६. डा. रुना झा – प्याथोलोजिष्ट, कोशी अस्पताल
१७. नारायणप्रसाद ढकाल – प्रमुख औषधी व्यवस्थापक, औषधी व्यवस्था विभाग
१८. डा. अजित रायमाझी – पेडियाट्रिसियन, कान्तिबाल अस्पताल
१९. डा. चुमनलाल दास९ प्रमुख मेडिकल सुपरीटेन्डेन्ट, जनरल हेल्थ सर्भिसेज
२०. डा. चन्द्रभाल झा – डर्माटोलोजिष्ट, स्वास्थ्य सेवा विभाग
२१. डा. प्रविण श्रेष्ठ – प्रमुख कन्सलटेन्ट सर्जन, सर्जरी
२२. डा. विनोदविन्दु शर्मा – स्वास्थ्य शिक्षा प्रशासक, स्वास्थ्य शिक्षा
२३. डा. अनुज भट्टचन – प्रमुख जनस्वास्य प्रशासक, सार्क क्षयरोग केन्द्र
सम्पर्क इमेल : [email protected]