ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको अब आफ्नै ब्लड बैंक

काठमाडौँ, १८ बैशाख । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आफ्नै रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरिएको छ ।

हस्पिटलको सेवा बिस्तारलाई निरन्तरता दिने क्रममा आज मे दिवसको सन्दर्भ पारेर आफ्नै रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरिएको हो ।

ॐ हस्पिटल परिसरमा स्थापित रक्तसञ्चार केन्द्रमा आज आयोजित एक बिशेष समारोहका बीच ॐ हस्पिटलका अध्यक्ष डा। आनन्द प्रसाद श्रेष्ठ, ॐ हस्पिटलका संस्थापक तथा संरक्षक डा. भोला रिजाल र पूर्व अध्यक्ष उद्धव पौडेलले संयुक्त रुपमा रिवन काटेर रक्तसञ्चार केन्द्रको उद्घाटन गरेका थिए ।

उद्घाटन पछि आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले रक्तसञ्चार केन्द्र आकस्मिक सेवामा एक महत्वपूर्ण सहाराको रुपमा रहने र यसले समग्र उपचार प्रणालीलाई समेत छिटो—छरितो, भरपर्दो र आत्मनिर्भर बनाउन पनि सहयोगि हुने विश्वास गरिएको बताए ।

उनले हाललाई अस्पतालमा उपचारकालागि आवश्यक रगत संकलन तथा रक्त तत्वहरुको आपूर्त, रगत सम्वन्धि आवश्यक परीक्षणहरु लगायतलाई सहज बनाउने र समयसँगै आवश्यकता अनुसार सेवा विस्तार गरी यसलाई स्तरोन्नति गर्दै लैजाने योजना भएको बताए ।

कार्यक्रममा ॐ हस्पिटलका संचालकहरु तथा शेयधनीहरु, वरिष्ठ चिकित्सकहरू, कर्मचारी युनियनका पदाधिकारीहरु तथा सदस्यहरु र कर्मचारीहरूको उपस्थिति थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *