अब विद्यालय तहका शिक्षक–कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने

काठमाडौँ, १७ बैशाख । अब विद्यालय तहका शिक्षक–कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने भएका छन् । सरकारले उनीहरुलाई काठमाडौँको निजामती अस्पतालबाट उपचार सुविधा दिने व्यवस्था मिलाएको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका मागसँग सम्बन्धित ९ बुँदामा निर्णय गरेको छ । शिक्षा मन्त्रालयमा भएको वार्तामा सहमतिपछि सरकारले मन्त्रिपरिषद्बाट मागहरु सम्बोधन गरेको हो ।

विद्यालय शिक्षा ऐन सहितका विभिन्न माग राखि २९ दिन देखि काठमाडौँ केन्द्रीत आन्दोलनमा उत्रिएका शिक्षकहरुको आज अपरान्ह ९ बुँदे मागका सम्बन्धमा सहमति जुटेको थियो ।

सो सहमतिका बुँदामा शिक्षक तथा विद्यालयका कर्मचारीको उपचार सुविधामा छुट दिने विषय समेत परेको थियो ।

सहमति पछि मन्त्रिपरिषद्को बैठक बसेको र त्यसले विद्यालय तहका शिक्षक तथा कर्मचारीको उपचारमा निजामती अस्पतालमा छुट सेवा उपलव्ध गराउने निर्णय गरेको हो ।

सम्झौँता संगै नेपाल शिक्षक महासंघले २९ दिनदेखि जारी शैक्षिक हडताल सहितको काठमाडौंकेन्द्रित आन्दोलन स्थगित गरेको छ ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगितको निर्णय गरेका हुन् ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका मागसँग सम्बन्धित ९ बुँदामा निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *