सुर्तीजन्य पदार्थको प्याकेटमा सत प्रतिशत चित्र छाप्ने निर्देशिकाबिरुद्ध गएर पत्र काटेपछि उद्योग मन्त्रालयका नाममा सर्बोच्चको कारण देखाउ आदेश

अन्तरिम आदेशबारे छलफल गर्न बोलाईयो
180
Shares

काठमाडौँ, ८ बैशाख । सुर्तीजन्य पदार्थको प्याकेटमा सत प्रतिशत चित्र छाप्ने निर्देशिकाबिरुद्ध गएर उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेपछि सर्बोच्च अदालतले पत्र काट्ने उद्योग मन्त्रालय विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।

उद्योग मन्त्रालयको पत्र काट्ने कदम गैरकानूनी भन्दै आइतबार बरिष्ठ अधिवक्ता ज्योति बानियाले दायर गरेको रिटमा आज न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले कारण देखाउँ आदेश जारी गरेको हो ।

साथसाथै सर्बोच्चले पत्रकाट्ने कदम बिरुद्ध अन्तरिम आदेश जारी गर्न पर्ने कि नपर्ने भन्ने विषयमा निर्णय लिन पक्ष विपक्ष दुबैलाई छलफलका लागि बोलाएको छ ।

सुतीजन्य पदार्थको प्रयोगबाट नेपालमा बार्षिक ३९ हजार २०० बढीको मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थको प्रयोगालाई न्युनिकरण गर्न स्वास्थ्य मन्त्रालयले गत २१ फागुनमा निर्देशिका परिर्वतन गर्दै प्याकेटको खोलमा ९० प्रतिशत भागमा चित्र अंकित स्वास्थ्य सन्देश छाप्ने व्यवस्थालाई बढाएर १०० प्रतिशत पुराएको थियो । यसको कार्यान्वयन आगामी १ भदौ देखि हुनेछ ।

तर, स्वास्थ्यको निर्देशिका परिवर्तन गर्ने कदमले सुर्ती उद्योगीलाई अफ्टेरो पार्ने भन्दै उद्योगले संसोधित निर्देशिका कार्यान्वयन नगर्न भन्दै पत्र काटेको थियो । पत्रमा उसले सुर्ती उद्योगीसंगको छलफल पछि सो निष्कर्षमा पुगेको उल्लेख गरेको थियो ।

अधिवक्ता बानियाले सुर्तीजन्य पदार्थबारे नियम बनाउँदा सुर्ती उद्योगीलाई संगै राख्न नमिल्ने र उनीहरुको बिचारलाई लिएर मन्त्रालयलाई पत्र काटन नमिल्ने भन्दै उद्योगको कदम विरुद्ध रिट दायर गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *