बेलुन पड्किएर घाइते अर्थमन्त्री पौेडेल र पोखराका मेयर आचार्यलाई थप उपचारका काठमाडौँ पठाइयो

पोखरा, ३ फागुन । पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन्।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन्।

अर्थमन्त्री पौडेलले एआई जडित पानसमा बत्ति बालेर पोखरा भ्रमण वर्ष २०२५ लेखेको ब्यानर सार्वजनिक गर्ने तयारी गर्ने क्रममा दुर्घटना भएको हो। ब्यानर दुबै साइट बेलुन झुण्डाइएको थियो। सोही क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो।

मेयरको गालामा आगोले पोलेको र अर्थमन्त्री सामान्य घाइते भएका छन्। अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल अस्पताल प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

उनी दुबैको कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार हुने बताईएको छ ।

सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष मनाउन लागेको हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *