एड्वार्ड्सकी कार्यकारी निर्देशक अमन्दा भन्छिन्, ‘बालबालिकाको मुटु जोगाउने प्रतिष्ठानको कार्य उकृष्ठ’

प्रतिष्ठानको बाथ मुटुरोग नियन्त्रण अभियानमा एड्वार्ड्सको आठ वर्ष देखि साथ

काठमाडौँ, ६ बैशाख । बिपन्न नागरिकको मुटु रोगको निदान तथा उपचारमा सक्रिय नेपाल हृदयरोग निवारण प्रतिष्ठानले पछिल्लो आठ वर्ष देखि अमेरिकी संस्था एड्वार्ड्स लाइफसाइन्सेज फाउन्डेशनको साथ पाएको छ । एड्वार्ड्सको साथपछि प्रतिष्ठानले आफ्नो अभियान थप प्रभावकारी ढंगले अघि बढेको बताएको छ ।

एड्वार्डस् लाइफसाइन्सेज मेडिकल टेक्नोलोजीको उत्पादन गर्ने एक अमेरिकी कम्पनी हो । उसले खागरी मुटुको कृतिम भल्भ, स्टेन्ट, ट्रान्सक्याथेटर लगायतका मेडिकल डिभाइसहरु उत्पादन गर्दै आएको छ । तर, पछिल्लो १० बर्ष देखि फाउन्डेशन स्थापना गरी संसारका ७० बढी देशमा आफ्नो परोपकारी अभियानलाई अघि बढाएको छ ।

नेपालको सन्दर्भमा प्रतिष्ठानसंग सहकार्य गरेको एड्वार्ड्सले आफ्नो परियोजना परियोजना खास गरी ‘स्टक्चरल हार्ट डिजिज’ अन्तर्गत पर्ने बाथ मुटुरोग र जन्मजात मुटुको रोगमा केन्द्रीत गरेको छ ।

प्रतिष्ठानको एड्वार्ड्सको परियोजनाका निर्देशक डा. प्रकाशराज रेग्मीले पछिल्लो आठ वर्षमा  एड्वार्ड्सको सहयोगमा १ लाख बढी विपन्न नागरिक तथा बालबालिकाहरुको मुटु स्क्रिनिङ गरेको, समस्या भएकाहरुलाई थप उपचार तथा सर्जरी गरिएको, उपचार पछि फलोअपका लागि सहयोग गरिएको र साथमा मुट सम्वन्धी सचेतना अभियानलाई अघि बढाइएको बताए ।

उनले एड्वार्ड्स परियोजनाका कारण नेपालका थुप्रै विपन्न नागरिकको समयमै रोग पत्ता लागि उपचार भएको र ज्यान जोगिएको बताए ।

यसैबीच एड्वार्डस् लाइफसाइन्सेज फाउन्डेशनकी कार्यकारी निर्देशक अमन्दा सी फउलरले नेपालका विपन्न मुटुरोगीका लागि प्रतिष्ठानले गरेको कार्य उदाहरणीय रहेको बताएकी छन् ।

नेपाल भ्रमणमा आएकी फउलरको स्वागतमा बुधबार प्रतिष्ठानले एक कार्यक्रम गरेको थियो ।

सोही कार्यक्रममा बोल्दै फउलरले संसारका ७० बढी देशका विभिन्न संस्थासंग आफूहरुको परियोजना चलेको तर नेपाल हृदयरोग निवारण प्रतिष्ठानले गरेको काम सबैभन्दा उत्कृष्ठ रहेको बताइन । उनले बाथ मुटुरोग र जन्मजात मुटुरोगको निदान तथा उपचारका लागि प्रतिष्ठानले गरेको कार्य साच्चिकै अरु देशका लागि समेत उदाहरणीय भएको बताईन । बाथ मुटुरोग उपचार पछि पुर्ण निको हुने रोग भन्दै सन् २०३० सम्ममा ५० प्रतिशतले घटाउने प्रतिष्ठानको लक्ष्य प्रति खुशी व्यक्त गरिन् । उनले त्यसका लागि आफूहरु सहयोगी बन्न तयार भएको समेत संकेत गरिन ।

कार्यक्रममा फाउलरसंगै आएका एड्वार्डस् लाइफसाइन्सेज भारतका सौरभ कपुरले प्रतिष्ठानले गरेको काम उकृत्ष्ठ रहेको आफूले पाएको बताए । उनले बाथ मुटुरोगको पहिचानका लागि स्कुल स्कुलमा गएर गरिने स्क्रिनिङ, रोग पत्ता लागेपछि गरिने उपचार तथा त्यसपछिका फलोअप संगै जनचेतना अभिबृद्धिका लागि गरेका कामहरु प्रभावकारी देखिएको बताए ।

कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अध्यक्ष डा. सत्यनारायण सुवालले बालबालिकाको मुटु जोगाउने प्रतिष्ठानको अभियानलाई एडवार्ड्ससंगको सहकार्यले सजिलो भएको भन्दै यसलाई निरन्तरता दिनका लागि आग्रह गरे । उनले अहिले थुप्रै बालबालिकाको धड्कन भित्र एड्वार्ड्सको लगानी रहेको भन्दै अभियानलाई थप विस्तार गर्ने सोचमा आफूहरु अघि बढेको बताए । ‘निदान, उपचार र फलोअपमा मात्रै होइन सचेतना अभिबृद्धिको काममा पनि हामी अघि बढेका छौँ, यसले सन् २०३० सम्ममा ५० प्रतिशतले बाथ मुटुरोगीको संख्या घटाउने अभियानलाई सहयोग गर्दछ,’ उनले भने ।

कार्यक्रममा प्रतिष्ठान पूर्व अध्यक्ष दीपेन्द्रपुरुष ढकालले प्रतिष्ठानको नेटवर्क देशका ७७ वटै जिल्लामा पुगेको र आफूहरुले तीन तहका सरकारसंग समन्वय गरेर मुटु बचाउने अभियानलाई अघि बढाएको बताए । उनले जिल्लामा जाने शिविर मार्फत मुटुको जाँच गर्ने र समस्या भएकाहरुलाई शहीद गंगालाल हृदय केन्द्रमा लगेर उपचार गरिदिने त्यसको व्यवस्थापन गर्ने कार्यमा प्रतिष्ठान लागेको बताए । उनले समयमै निदान तथा उपचारका कारण सयौँ बालबालिका अकाल मृत्युबाट जोगिएको बताए ।

कार्यक्रममा रोटरी क्लव अफ पाटनकी पूर्व अध्यक्ष ग्राब्रिले मल्लपतिले प्रतिष्ठान र रोटरीबीचको सहकार्यका बारेमा चर्चा गरेकी थिईन् ।

कार्यक्रममा प्रतिष्ठानका महासचिव कोमलप्रकाश घिमिरेले कार्यक्रमको विषय बस्तुबारे जानकारी दिदैं एड्वार्ड्सका कार्यकारी निर्देशक अमन्दासहित आमन्त्रित टोलीलाई स्वागत गरेका थिए ।

सो अवसरमा परियोजना निर्देशक एवं बरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीले एड्वार्ड्स संगको सहकार्य पछि प्रतिष्ठानले गरेको कार्य तथा त्यसअघि गरेको कार्यबारेमा विस्तृत प्रस्तुतिकरण राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *