क्यान्सरको उपचारमा ‘प्रेसिजन अंकोलोजी’को महत्व कति ? अन्तराष्ट्रिय गोष्ठीमा उपचार अनुभव सुनाउँदै डा. शाही

काठमाडौँ, १७ बैशाख । उपचारका लागि विकास भएका नयाँ नयाँ पद्धती र औषधिले क्यान्सर रोग पछिल्ला दिनमा सामान्य बन्दै गएको छ । पछिल्ला दिनमा नेपाल जस्तो मुलुकमा पनि क्यान्सर रोगको उपचार प्रभावकारी बन्दै गएको छ ।

मुम्वईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा आइतबार भएको क्यान्सर रोगको उपचार सम्वन्धी अन्तराष्ट्रिय गोष्ठिमा नेपालबाट सहभागी भएका डा अरुण शाहीले उपचार पद्धती अनुभव र सफलताका सुत्रहरु सुनाए ।

भारत,अमेरिका, बेलायत सहित १० देशका बरिष्ठ अंकोलोजिष्टहरु सहभागी भएको सो गोष्ठीमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक प्राध्यापक समेत रहेका क्यान्सर रोग विशेषज्ञ डा शाहीले टार्गेटेट थेरापी सुरु गर्नु अघि गरिने निदानको विधिमध्येको एक प्रेसिजन अंकोलोजीको महत्वबारे प्रस्तुतिकरण दिएका थिए ।

उनको प्रस्तुतिमा एकै खालको भनिएको क्यान्सरमा पनि उपचार विधि र औषधिहरु फरक फरक गर्नु पर्न सक्नेमा चिकित्सकहरु सचेत हुनु पर्ने उल्लेख थियो ।

‘बिरामीको बायोलोजिक कारण हुनसक्छ, जेनेटिक कारण हुनसक्छ । एउटै खालको समस्या भएपनि एउटा व्यक्तिलाई जो औषधि दिईयो त्यहि औषधिले अर्कोलाई नभेटन पनि सक्छ । यसमा ध्यान दिनु पर्छ । तर अहिले आइरहेको प्रेसिजन अंकोलोजी क्यान्सरको अणुवांसिक उत्परिवर्तन पहिचान गरेर सटिक उपचार गर्ने विधि हो । अर्थात टार्गेटेड थेरापी हो,’ उनले भने ।

सो अवसरमा उनले नेपालमा टार्गेटेड थेरापी विधिबाट भइरहेको उपचार, क्यान्सर रोगको अवस्था, सरकारी तथा निजी क्षेत्रका अस्पतालहरुले दिईरहेको सेवा र बिरामीका लागि राज्यका तर्फबाट दिइएको उपचार सहुलियतका बारेमा समेत सुनाएका थिए ।

नेपालले क्यान्सर रोगको उपचारका क्षेत्रमा गरेको प्रयासका बारेमा प्रस्तुति गरिरहँदा अन्य देशका विज्ञ चिकित्सकले चाख मानेर सुनेका थिए ।
डा शाहीले अन्तराष्ट्रिय गोष्ठिले आफ्ना अनुभव सेयर गर्न र अरुका अनुभवबाट देशमा हुँदै आइरहेको उपचार विधिलाई थप सुध्रीड गर्न मद्धत पुगेको बताए ।

उनले नेपालमा क्यान्सर उपचारमा राम्रो प्रगति भएपनि जनचेतना अभाव र समयमै पहिचान हुन नसक्दा कहिलेकाँही उपचारमा कठिनाई हुने गरेको समेत बताए ।

रिलायन्स इण्डस्ट्रिजका संस्थापक उद्योगपति धिरुभाई अम्बानीकी पत्नी कोकिलाबेन अम्बानीको नामबाट उक्त अस्पतालको नामाकरण गरिएको हो ।

७५० शैयाको यो अस्पताल सन् २००९ बाट सञ्चालनमा आएको हो ।

क्यान्सर रोगको उपचारका लागि यस अस्पताल भारतमा मात्रै नभई एसियामै प्रतिष्ठित मानिन्छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *