यी हुन् दुध खानुका फाइदा

डा. प्रदीप ज्ञवाली

कुनै पनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो । अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो । अर्थात दुध बाहेक अरु चिज दिन सकिदैन वा हुदैन पनि । बच्चाको उमेर बढदै जाँदा विस्तारै आमाको दुध आउने र बच्चाले खानेक्रम घटदै जान्छ । त्यसको पूर्ति गाई , भैँसी, भेडा, बाख्रा लगायतका जनावरका दुधबाट पूर्ति गर्ने गरिन्छ ।

दुध ‘माइक्रो न्युट्रेन्ट’ हो , जसले शरीरको सम्पूर्ण बृद्धिविकासका लागि सहयोग पुर्‍याउछ । दुधबाटै शरीरका लागि आवश्यक पर्ने प्रोटिन, कार्वोहाइट्रेड, फ्याट र मिनरल्स लगायतका तत्वहरु पाइन्छ । शरीरका लागि आवश्यक पदार्थ दुधबाटै पाइने हुनाले नियमित रुपमा दुध पिउने व्यक्ति शारीरिकरुपमा तन्दुरुस्थ र निरोगी हुन्छ ।

दुधमा पानीको मात्रा निकै बढी हुन्छ । त्यसैले साना बच्चाहरुलाई दुध खुवाएपछि छुट्टै पानी खुवाईदैन । किनकी दुधले पानीको काम पनि गर्छ । १०० ग्राम दुधमा ८७. ७ ग्राम पानी हुन्छ । ३.३ ग्राम प्रोटिन, ३.६ ग्राम लिपिड, ४.६ ग्राम कार्वोहाइट्रेड ०.२ ग्राम अर्गानिक एसिड र ०. ७ ग्राम मिनरल्स हुन्छ । दुधमा पाइने प्रोटिनले शरीरको वृत्तिविकासको लागि काम गर्छ । बोसो र कार्वोहाइट्रेडले शरीरलाई शक्ति प्रदान गर्छ ।

तुलनात्मक रुपमा गाईको भन्दा भैँसीको दुधमा कार्वोहाइट्रेड र बोसोको मात्रा बढी हुन्छ । तर कोलिस्ट्रोल र मिनरल्सको मात्रा गाईको दुधमा बढी पाइन्छ ।

के काम गर्छ ?

दुधले शरीरलाई शक्ति दिने काम गर्छ । शरीरका अंग तथा कोशहरुको बृद्धिविकास वा शरीर बढाउनमा मद्दत गर्छ । त्यस्तै पानीको मात्रा पनि बढाउछ ।दुधमा पाइने क्याल्सीयमले हड्डीको विकास गर्छ । आइरनले हेमोग्लोविनको अर्थात शरीरलाई चाहिने रातो पदार्थको काम गर्छ । फोस्पोरसले हडडीलाई चाहिने बस्तुको काम गर्छ । सोडियम पोटासियमले पानीको मात्रा मिलाउने काम गर्छ । त्यस्तै प्रत्येक कोषका लागि चाहिने लवणहरु पाइन्छ ।

कस्तो विरामीले दुध सेवन गर्नु हुदैन ?

सामान्यतया दुध खान नहुने भन्ने त्यस्तो रोग नै छैन । जुनसुकै रोगीले पनि ताजा दुध खानु स्वास्थ्यको लागि लाभदायक नै हुन्छ । तर कहिले काही दुध नखानु पनि राम्रो मानिन्छ । त्यो अवस्था कतिवेला आउछ भने जव हाम्रो शरीरमा ल्याक्टोजको मात्रा कमी भएर पखला लाग्छ ।

ल्याक्टोज भन्ने एक किसिमको सुगर जस्तै तत्व हुन्छ । त्यसले पाचनको काम गर्छ । जो मान्छेमा त्यो तत्वको कमी हुन्छ त्यस्ता व्यक्तिले दुधको सेवन गर्दा झनै पखला लाग्ने बढने सम्भावना हुन्छ । यसलाई चिकित्सक भाषामा ल्याक्टोज इन्टोरोलेन्स भन्ने गरेको छ ।

यो विशेष गरी बालक र बृद्धहरुमा देखा पर्छ । त्यसैले ल्याक्टोज इन्टोलोरेन्स हुदा खेरी भरीसक दुध नपिउनु राम्रो भन्ने गरिन्छ । अन्यथा जुनसुकै रोगका विरामीले दुध पिउनु सकिन्छ । चिकित्सा विज्ञानले बच्चालाई जन्मेको कम्तीमा छ महिना सम्म आमाको दुधमात्रै खुवाउनु पर्छ भनेको छ ।

त्यसपछि भने आवश्यकता अनुसार गाई भैसीको दुधहरु खुवाउन सकिन्छ । त्यो क्रमलाई जिवनभर निरन्तरता दिन सकिन्छ । पछिल्ला समयमा बजारमा पाइने प्याकेटवाला दुधमा पनि गाईभैसीकै दुधमा पाइने तत्व हुनुपर्ने हुन्छ तर कतिपय कम्पनीका दुधमा त्यस्तो तत्व नभएको भन्ने समेत सुनिएको छ ।

त्यसैले प्याकेट दुधको खरीदमा त्यसको प्याकेटमा लेखिएको तत्वहरुको समेत अध्ययन गर्नु जरुरी हुन्छ । दुधबाटै बन्ने दहीले समेत मानव स्वास्थ्यका लागि फाइदा जनक छ । दुधमा पाइने तत्वसंगै दहीमा ल्याक्टो बेक्टेरियास भन्ने तत्व हुन्छ । त्यसले इन्जाइमको काम गर्छ । त्यस्तै दुधबाट बन्ने पनिर तथा चीजले प्रोटिनको काम गर्छ । त्यसैले दुधमा हुने विभिनन पदार्थलाई आवश्यकता अनुसार विभिन्न परिकारमा परिवर्तन गरी फाईदा लिन सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *