उपचारपछि चीनबाट आज स्वदेश फर्कदै माओवादी नेता पुन

काठमाडौँ, ५ पुस । स्वास्थ्य उपचारका लागि चीनमा रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त आज स्वदेश फर्कँदै छन्। स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उनी फर्कन लागेको उनको सचिवालयले जनाएको छ ।
पुन चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आइपुग्ने कार्यक्रम छ।
वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए । उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा २२ मंसिर बाट अस्पतालको क्वारेन्टिनमा राखेर उपचार गरिएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ