भारतबाट आयात गरिएको ह्याण्ड स्यानिटाइजर गुणस्तरहीन, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

112
Shares

काठमाडौँ, ४ पुस । भारतीय कम्पनी ग्लोबल हेल्थ केयरले उत्पादन गरी केएस इन्टरनेशनल टेकुले आयात गरेको जीएचसी ह्याण्ड स्यानिटाइजर दुईवटा व्याच न्युन गुणस्तरणको भएको पाइएको छ ।

औषधि व्यवस्था विभागले ती स्यानिटाइजर प्रयोग नगर्न आम सर्वसाधारणलाई अपिल गरेको छ ।

यसअघि राष्ट्रिय औषधि प्रयोगशाला काठमाडौँमा गरिएको नमूना परीक्षणमा व्याच्न नं सीएआरई १२१ -२२ (५ लिटर) र ४९ -२२ (५०० एमएल) न्युन गुणस्तरको भेटिएको थियो ।

विभागले यी दुई व्याचका ह्याण्ड स्यानिटाइजरको बिक्री वितरण फिर्ता गर्न तथा बजारबाट तुरुन्त फिर्ता गर्न र सो को विवरण आफूकहाँ तत्काल पेश गर्न सम्वन्धीत उद्योग, आयातकर्ता तथा तिनका प्रतिनिधिहरुलाई निर्देशन दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *