भरतपुर आँखा अस्पतालद्धारा सर्लाहीमा आँखा शिविर, तीन हजार बढीको उपचार तथा शल्यक्रिया

88
Shares

चितवन, २ पुस । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले सर्लाही पुगेर तीन हजार ३९ जना आँखाका बिरामीको उपचार गरेको छ । अस्पतालले मंसिर २२ देखि २९ गतेसम्म दुई ठाउँमा निशुल्क शिविर सञ्चालन गरी आँखा परीक्षण र शल्यक्रिया गरेको हो ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार डाक फाउण्डेशनको सहयोगमा, गोडैता नगरपालिका र सगुन बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा आधारभूत स्वास्थ्य चौकी गडौटामा मंसिर २३ देखि २७ गतेसम्म शिविर सञ्चालन गरिएको थियो ।

उक्त शिविरमा ८९४ जनाको आँखाको निःशुल्क परीक्षण र औषधि वितरण गरिएको उनले जानकारी दिए । सो शिविरमा मंसिर २६ र २७ गते २४१ जनाको निःशुल्क मोतियाविन्दको शल्यक्रिया गरिएको छ ।

यस्तै सर्लाहीकै हरिवनमा रहेको चतुरभुजेश्वर शिव मन्दिरमा शिविर गरिएको छ । मंसिर २३ गतेबाट २९ गतेसम्म सञ्चालित उक्त शिविरलाई डाक फाउण्डेशनले सहयोग गरेको थियो । यस्तै गोडैता नगरपालिका र सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनले सहकार्य गरेका थिए ।

उक्त शिविरमा दुई हजार १४५ जनाको निःशुल्क आँखा परीक्षण र औषधि वितरण गरिएको घिमिरेले जानकारी दिए ।

सो शिविरमा २६२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । शिविरमा भरतपुर अस्पतालका नेत्ररोग विशेषज्ञ डा. पुष्पा गिरी श्रेष्ठ र डा. रञ्जित साह नेतृत्वको टोली खटिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *