माओवादी नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार

64
Shares

काठमाडौँ, १ पुस। चीनमा उपचाररत नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ ।

निर्वाचनलगत्तै उनी स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि मंसिर १६ गते चीन गएका थिए ।

उनलाई क्वारेन्टिनमा राखेर उपचार गरिएको थियो । सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा मंसिर २२ बाट नेता पुनको जटिल प्रकारको वंशाणुगत जण्डिसको उपचार भएको हो ।

स्वास्थ्यमा सुधार आएकोले उनी एक साताभित्रै नेपाल आउने तयारी गरेको उनको सचिवालयले जनाएको छ । पुनसँगै पत्नी पूर्वसभामुख ओनसरी घर्ती पनि रहेकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *