चौबिस घण्टामा थप २ जनामा कोरोना संक्रमण, १७ सक्रिय संक्रमित
काठमाडौँ, २७ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर जम्मा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप १० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार ६ सय ४ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १७ रहेको छ । आज थप ३३ हजार ९३७ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]