टिजिग फर्माका कार्यकारी निर्देशक बैद्यलाई ‘वर्ल्ड बुक अफ रेकर्ड’को सम्मान

1.4k
Shares

काठमाडौँ, २३ कात्तिक । नेपालमै पहिलो पटक क्यान्सरको औषधि उत्पादन गरी देश र जनताको लागि अमूल्य योगदान गरेको भन्दै ‘वर्ल्ड बुक अफ रेकर्ड’ नेपाल च्याप्टरले टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश बैद्यलाई सम्मान गरेको छ ।

मंगलबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा बैद्यलाई नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले सम्मान गरेकी हुन् ।

क्यान्सरको औषधि उत्पादनमा विशेष पहिचान भारतको हैदरबादस्थित एसपी एक्युर ल्यावको प्रविधि हस्तान्तरणबाट डेढ वर्ष अघि देखि सञ्चालनमा आएको टिजिगले क्यान्सरका औषधि उत्पादन गरी बजार पठाउन थालेको करीब १० महिना भएको छ ।

औषधि व्यवस्था विभागबाट दर्जन बढी प्रकारका औषधि उत्पादन गरेको टिजिगले स्वदेशमै प्रयोग गर्ने तथा विदेशमा निर्यात गर्ने अनुमति समेत पाईसकेको छ ।

सो अवसरमा राणाले नेपालको औषधि उद्योगको क्षेत्रमा टिजिगले नयाँ आयाम थपेको चर्चा गर्दै अन्तराष्ट्रिय प्रविधि र लगानी भित्रिनु नेपालका लागि निकै नै खुशीको कुरा भएको बताईन् ।

कार्यक्रममा बैद्यले आम नेपालीलाई सुलभ मुल्यमा स्वदेशमै उत्पादित अन्तराष्ट्रिय गुणस्तरको औषधि उपलव्ध गराउन पाउँदा गर्भ लागेको बताए ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रमै योगदान गरेको भन्दै बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल, कोभिडका बेला योगदान दिएको भन्दै विष्णु भण्डारी, रोशनकुमार कोजु, क्याविनेट श्रेष्ठ लगायतलाई समेत सम्मान गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *