वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल उपनिर्देशकमा डा जयसवाल र डा लिम्बु नियुक्त
धरान, १६ कात्तिक । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल उपनिर्देशक पदमा डा लोकेश शेखर जयसवाल र डा इन्द्र लिम्बु नियुक्त भएका छन् ।
रिक्त रहेको दुई पदमा प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले उनीहरुलाई नियुक्त गरेका हुन् ।
प्रतिष्ठानका सीटीभीएस विभागका एसोसियट प्रोफेसर डा जयसवाल र प्रोस्थोडोन्टिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डा लिम्बु गत १८ जेड देखि सहायक अस्पताल निर्देशकको रुपमा काम गर्दै आएका थिए ।
प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले उनीहरु दुबै जनाले आज देखि लागू हुने गरी नयाँ जिम्मेवारी पाएको बताए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ