स्वास्थ्य मन्त्री खापुङले नियुक्त गरेका स्वास्थ्य सल्लाहकार स्वतन्त्रबाट उम्मेद्धार !

492
Shares

काठमाडौँ, १५ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य सल्लाहकार भन्दै आफ्नो सचिवालयमा नियुक्ती गरेका होमियोपेथी डाक्टर खगेन्द्र कटुवाल यतिवेला पानीको धारा चुनाव चिन्ह अघि सार्दै आफूलाई भोट माग्न व्यस्त छन् ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट करीव अढाई तीन महिना मन्त्री खापुङको सचिवालयमा सल्लाहकार बनेका उनी अहिले भने आफूलाई स्वतन्त्र रुपमा प्रस्तुत गर्दै प्रदेश सभा सदस्य पदमा उम्मेद्धारी दिएका छन् । तेह्रथुम क्षेत्र नं १ (क)बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेद्धारी दिएका उनको चुनाव चिन्ह पानीको धारा हो ।

नेकपा एसबाट नियुक्ती खाएर निर्वाचनको बेलामा स्वतन्त्रबाट उम्मेद्धारी किन ? भन्ने प्रश्नमा उनले पार्टीबाट केही नहुने देखेर स्वतन्त्र उम्मेद्धारी दिएको बताए ।

‘पहिले म एमाले थिएँ । बीचमा गठबन्धन भईयो, कांग्रेस, माओवादी सबैलाई भोट मागेर हिडियो । पछि समाजवादीमा आईयो । दुई चार महिना सचिवालयमा नियुक्ति पनि पाईयो । अब यसरी हुँदैन भनेर स्वतन्त्र बाट उम्मेद्धारी दिएको हुँ,’ उनले भने ।

मन्त्री खापुङ का स्वकीय सचिव मनोज लिम्बुले डा कटुवालले उम्मेद्धारी दिनु अघि मन्त्रीको सल्लाहकारबाट राजिनामा दिएको बताए । मन्त्री खापुङले गत १३ साउनमा कटुवाललाई स्वास्थ्य सल्लाहकारको रुपमा नियुक्त गरेका थिए । मन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार डा रमेश ढकाल हुँदा हुँदै कटुवाललाई समेत सल्लाहकारको रुपमा नियुक्ती गर्दा सचिवालयमै खटपट समेत भएको थियो ।

मन्त्री खापुङले त्यसबेला आफ्ना जिल्लाका अगुवा कार्यकर्ताको रुपमा रहेका डा कटुवाल चुनावको मुखमा नभड्किउन भनेर नियुक्ति दिएका थिए ।

‘खास भर गर्ने व्यक्ति होइन छ । अलि अस्थिर हुनुहुँदो रहेछ । सचिवालयमा आउनु भयो फेरी स्वतन्त्र भन्दै जानुभयो । किन त्यसो गर्नुभयो खास कुरै बुझ्न सकिएन,’ सचिवालयका एक सदस्यले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *