यी हुन् माओवादीको घोषणा पत्रमा उल्लेख गरिएका स्वास्थ्यका १५ बुँदा

काठमाडौँ, १४ कात्तिक ।  आगामी ४ मंसिरका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सोमबार (आज) घोषणा पत्र सार्वजनिक गरेको छ । सो घोषणा पत्रमा स्वास्थ्यका १५ बुँदा समेटिएका छन् ।

घोषणा पत्रमा माओवादीले स्वास्थ्यको विषयलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य शीर्षक राखेको छ । गाउँ गाँउमा अस्पताल स्वास्थ्यमा समाजवाद नारा दिइएको घोषणा पत्रमा स्वास्थ्य क्षेत्रको सेवालाई जनमैत्री बैज्ञानिक र प्रभावकारी बनाउन एकीकृत राष्ट्रिय स्वास्थ्य गुरुयोजना बनाई लागू गरिनेछ भनिएको छ । यस्तै हरेक पालिकामा आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न गरी दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणहरुको व्यवस्था गरिने उल्लेख छ ।

स्वास्थ्य सेवाको गुणस्तर बृद्धि र विशिष्टीकृत स्वास्थ्य सेवाको उपलव्धताबाट नेपाली नागरिक उपचारका लागि विदेश जानु नपर्ने र विदेशी नागरिक समेत उपचारका लागि नेपाल आउने बाताबरण निर्माण गरिने बताइएको छ ।

माओवादीले औषधि उत्पादनमा आत्मनिर्भर हुने कुरा उल्लेख गरेको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सेवा सुविधा दिने देखि लागू औषध, धूमपान आदि प्रयोगकर्ताका लागि स्वास्थ्य सेवा सहितको पुनस्र्थापना केन्द्र सातै प्रदेशमा सञ्चालन गरिने उल्लेख छ ।

डाक्टर नर्सलाई पालिकाहरुमा पठाउने देखि उनीहरलाई प्रोत्साहनका प्याकेज ल्याउने कुरा समेत माओवादीले गरेको छ ।

हेर्नुहोस माओवादीले घोषणा पत्रमा उल्लेख गरेका स्वास्थ्यका बुँदा :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *