थप स्वास्थ्य परीक्षणका लागि काठमाडौँ आउँदै शशांक

176
Shares

काठमाडौँ, १४ कात्तिक । कांग्रेस नेता शशांक कोइराला थप स्वास्थ्य परीक्षणका लागि काठमाडौँ आउने भएका छन् ।

आइतबार पूर्वी नवलपरासीमा पर्ने गैंडाकोटको अमरापुरीमा आयोजित चुनावीसभामा बोल्दै गर्दा एक्कासी चक्कर लागेर बेहोस भएका उनलाई चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरि उपचार गरिएको थियो । तर अवस्था सामान्य भएपछि उनलाई राती नै डिस्चार्ज गरिएको थियो । उनी राती देखि नै चुनावी अभियानमा सक्रिय हुन थालिसकेका थिए ।

तर,  परिवार, काठमाडौँमा रहेका निकटस्थ चिकित्सक, साथीभाई तथा आफन्तले एक पटक काठमाडौँ आएर अलि राम्रोसंग परीक्षण गरी चुनावी अभियानमा सहभागिता जनाउन सुझाव दिएपछि कोइराला काठमाडौँ आउन लागेका हुन् । उनलाई लिन श्रीमती डा सुपात्रा कोइराला चितवन पुगिसकेकी छन् ।

‘अहिले अवस्था सामान्य नै छ । तर एक पटक समस्या देखिएपछि थप परीक्षण गर्नु राम्रो हुन्छ भन्ने भयो । दिउसोको फ्लाइटमा काठमाडौँ आउनु हुनेछ,’ स्रोतले भन्यो ।

त्यसो त पुरानो मेडिकल कलेजमा गरिएको स्वास्थ्य परीक्षणमा कुनै जटिल समस्या नदेखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कोइराला चौथो पटकका लागि पूर्वी नवलपरासी क्षेत्र नम्बर १ वाट उम्मेदवार छन् । उनले यसअघि यहीबाट लगातार तीन पटक निर्वाचन जितेका हुन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *