एमाले गण्डकी प्रदेशको घोषणा पत्र : सबै घर परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने
५०० बेडको शिक्षण अस्पताल, ५० - ५० बेडको मुटु, मिर्गौला र क्यान्सरको विशिष्टिकृत अस्पताल
काठमाडौँ, १३ कात्तिक । नेकपा एमाले गण्डकी प्रदेशले आगामी ४ मंसिरमा हुने प्रदेश सभा निर्वाचनका लागि छुट्टै घोषणा पत्र जारी गरेको छ । २१ पेज लामो घोषणा पत्रमा स्वास्थ्यका विषयलाई समेत प्राथमिकतामा राखेको छ ।
घोषणा पत्रमा प्रत्येक वडामा कम्तिमा एक प्राथमिक स्वास्थ्य केन्द्र र प्रत्येक पालिकामा एक अस्पताल निर्माण गरी स्वास्थ्य सेवाका प्राविधिक जनशक्ति व्यवस्थापन सहितका सेवालाई प्रभावकारी बनाउने उल्लेख छ ।
यस्तै ५०० बेडको गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल र मुटु मिर्गौला तथा क्यान्सर उपचारका लागि ५०-५० बेडको विशिष्टीकृत अस्पताल निर्माण गरिने उल्लेख छ । यसैगरी सार्वजनिक र निजी अस्प्तालहरुमा उपचारका लागि प्रदेशका सबै घरपरिवारका सदस्यहरुको स्वास्थ्य बीमा गराईने उल्लेख छ ।
हेर्नुहोस एमाले गण्डकी प्रदेशको घोषणा पत्र
सम्पर्क इमेल : [email protected]