आज १६ जनामा कोरोना भाइरस पुष्टि

काठमाडौँ, ९ कात्तिक । देशमा कोरोना फैलने क्रम अझै रोकिएको छैन् । पछिल्लो चौविस घण्टामा १६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार ५५४ आरटीपीसीआर र ५६३ जनाको एन्टीजेन विधिबाट कोभिड १९ जाँच गर्दा क्रमश आरटीपीसीआर र एन्टीजेनविधिबाट क्रमश १४ र २ गरी कुल १६ जनामा कोभिड पुष्टि भएको हो ।
मन्त्रालयले यहि अवधीमा ३५ जना कोरोना मुक्त भएको समेत जानकारी दिएको छ । यस्तै कोरोनाबाट यो अवधीमा कसैको मृत्यु नभएको समेत स्पष्ट पारेको छ ।
मन्त्रालयले कोभिडविरुद्धको खोप लगाएको विवरण आज प्राप्त नभएको बताएको छ । यस्तै डेंगी संक्रमणहुनेको संख्यामा समेत थप पछिल्लो तीन दिन यता थप बृद्धि भएको देखिदैन् । तिहार विदामा भएर रिपोर्ट नआएको हो कि ? साच्चीकै नयाँ संक्रमित नभेटिएको हो त्यसबारेमा मन्त्रालयले स्पष्ट गरेको छैन् ।
मन्त्रालयको पछिल्लो रिपोर्टमा साउन यता मात्रै डेंगीबाट ५२ जनाको मृत्यु भएको उल्लेख छ । यस्तै डेंगीबाट संक्रमित हुनेको संख्या ४३ हजार ६८५ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ