स्वास्थ्यमा एकैपटक ३९ जना नयाँ अधिकृत स्तरका कर्मचारीको नियुक्ती

1.4k
Shares

काठमाडौँ, १ कात्तिक । लोक सेवा आयोगबाट सिफारिस भई आएका स्वास्थ्य समूहका ३९ जना अधिकृत स्तरका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयले मंगलबार नियुक्ती गरेको छ । नियुक्ती हुनेहरुमा मेडिकल अफिसर, डेन्टल सर्जन र बायोमेडिकल इन्जिनियरहरु रहेका छन् ।

सर्बोच्चमा मुद्धा परेका कारण अधिकृत स्तरका स्वास्थ्यकर्मीहरुको परीक्षा तथा सिफारिस हुन लोकसेवाबाट नै केही ढिलाई भएको थियो । त्यसैले पनि सोमबार एकैपटक ३९ जनाको नियुक्त भएको हो ।

नव नियुक्त अधिकृत कर्मचारीहरुलाई स्वास्थ्य सचिवद्धय देवकुमारी गुरागाईँ र डा रोशन पोखरेलले निर्देशन तथा शुभकामना दिएका थिए । जनताको स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिइएको थियो ।

नियुक्ति पाएकाहरुलाई अब खाली ठाँउ हेरेर पदस्थापन गरिने कर्मचारी प्रशासन महाशाखाका देवराज भण्डारीले बताए । मन्त्रालयले सकेसम्म तिहार अघि र नभए तिहार लगत्तै नयाँ अधिकृतको पदस्थापन गर्ने तयारी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *