आज : ‘विश्व हात धुने दिवस’

साबुन पानीले हात कसरी धुने ? हात धुनुको फाइदाहरु


आज ‘विश्व हात धुने दिवस’ (अक्टोबर १५) नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउँदै आइरहेको छ ।

साबुनपानीले २० सेकेन्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुहरूद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनहरूले देखाएका छन् ।

हाल विश्वव्यापी स्वास्थ्य समस्याका रूपमा रहेको कोरोना भाइरसलाई निस्क्रिय बनाई यसको सङ्क्रमणमा कमी ल्याउने तीन महत्वपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक हो ।

हामीले जोखिमपूर्ण अवस्थाहरू जस्तै चर्पी प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहोर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने गर्नुपर्दछ ।

साबुन पानीले हात कसरी धुने ?

सर्वप्रथम सफा पानीले हात भिजाउने।

हातमा साबुन हाल्ने, कम्तीमा २० सेकेन्ड साबुन पानीले मिच्ने ।

दुबै हत्केलालाई एकआपसमा दलेर औंलाका कापसम्म साबुन पूर्याउने ।

हातको पछाडी, नगंका मुनी, औंलाका काप र नारी सम्म मिच्ने ।

यसरी धुँदा औंलाका औंठी र घडीहरु निकालेर हात सफा गर्ने, यसो हुँदा औंठी र घडी मुनीका सुष्म जिवाणुहरु पनि पखालेर सफा हुनेछन् ।

साबुन पानीले हात धुनुका फाइदाहरु:

झाडापखाला ३० प्रतिशत र श्वासप्रश्वासमा हुने २० प्रतिशतसम्मले कम गर्छ ।

हैजा, इबाोला, सार्स हेपाटाइटिस इ, कोभिड १९ र सिजेला जस्ता महामारी निम्याउन सक्ने जिबाणुहरुको संक्रमण चक्र ताड्न कम गर्छ ।

स्वास्थ्य संस्थाजन्य संक्रमण बिरुद्ध सुरक्षा र प्रति जैबिक प्रतिरोध फैलन कम गर्छ ।

अपेक्षित ट्रपिकल रोगको न्यूनिकरणमा योगदान पुर्याउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *