‘इभिडेन्स बेस्ड मेडिकल प्राक्टिस’ सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ, १४ असोज । तथ्यमा आधारित मेडिकल प्राक्टिस सम्बन्धि दुई दिने अन्तर्राष्ट्रिय सम्मलेन सम्पन्न भएको छ ।

इ-क्यान्सर ग्लोबल फाउन्डेसन, कुइन्स युनिभर्सिटी क्यानाडाको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल स्वाथ्य अनुसन्धान परिषद् र सिभिल अस्पताल सहआयोजक रहेको उक्त बैज्ञानिक कार्यशाला काठमाडौँको गोकर्ण फरेस्ट रिसोर्टमा दुई दिनसम्म संचालन भएको थियो ।

उक्त बैज्ञानिक सम्मेलनमा नेपाल लगाएत भारत, बेलायत क्यानाडा, अमेरिका आदि देशका मेडिकल अनुसन्धानविद् र बैज्ञानिकहरुको उपस्थिति रहेको कार्यक्रम संचालक प्रमुख तथा कुइन्स युनिभर्सिटी क्यानाडाका सहप्राध्यापक डा. बिशाल ज्ञवालीले बताए ।

‘थिंक ग्लोबल्ली एक्ट लोकल्ली’ भन्ने सारमा आधारित दुई दिने सो सम्मेलनमा क्लिनिकल क्यान्सर विधाका विश्वस्तरीय बैज्ञानिक तथा प्रोफेसरहरु लगाएत नेपालका क्यान्सर विज्ञहरुले प्रस्तुतीकरण गरेका थिए ।

सम्मेलन  मेडिकल रिसर्चको समग्र महत्त्व, क्लिनिकल ट्रायलका विविध आयामहरु, क्लिनिकल अध्ययनमा उच्चस्तरीय नतिजा कसरी प्राप्त गर्ने तथा प्राप्त क्लिनिकल इभिडेन्सलाई कसरी देशको स्वास्थ्य नीति निर्माणमा उपयोग गरि समग्र स्वास्थ्य प्रणालीलाई सबल तुल्याउने विषयहरुमा केन्द्रित रहेको थियो ।

डा. ज्ञवाली सन् २०१६ मा पहिलो पटक इक्यान्सर मेडिसिन संस्थासंग भएका हुन् । उक्त संस्थाले विश्वभरि यस प्रकारका कार्यक्रम गर्ने गरेता पनि नेपाल त्यसको सूचीमा भने थिएन । डा ज्ञवालीकै पहलमा यो कार्यक्रम नेपाल आएको बताइएको छ । सम्मेलनमा मेडिकल अनुसन्धानविद तथा चिकित्सकहरुको उल्लेखनीय सहभागिताले आफू उत्साहित भएको बताउदै डा ज्ञवालीले अर्को वर्ष पनि नेपालमा अन्तर्राष्ट्रिय स्तरको रिसर्च कार्यक्रम गराउने जानकारी दिए ।

सो अवसरमा बोल्दै डा ज्ञवालीले नेपालको स्वास्थ्य अनुसन्धान क्षेत्रको समग्र विकासको लागि युवाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै मेडिकल रिसर्चमा युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । सोही अवसरमा उनले आफ्नो माता९पिताको नाममा स्थापित “अनिता ज्ञवाली/गणेश ज्ञवाली स्वस्थ्य अनुसन्धान अवार्ड ” हरेक वर्ष युवा बैज्ञानिकलाई प्रदान गरिने बताए । प्रत्येक वर्ष प्रदान गरिने सो अवार्डको राशी रु पचास हजार तथा प्रमाणपत्र रहेको छ ।

सम्मेलन संयोजक प्राडा विशेष पौडेलले मेडिकल विधामा विश्वभरिका बैज्ञानिकहरुलाई नेपालमा आमन्त्रित गरि सम्मेलन गर्दा नेपालको छबि अन्तर्राष्ट्रिय स्तरमा नै राम्रो हुने तथा भबिस्यमा ग्लोबल रिसर्च कोलाब्रेसन गर्नका लागि बलियो आधार समेत बनेको भन्दै यसलाई निरन्तरता दिने योजना रहेको जानकारी दिए ।

सम्मेलनमा सहभागीहरुले उक्त कार्यक्रम अत्यन्त फलदायी रहेको भन्दै क्लिनिकल रिसर्चमा अहिले सम्म नेपालमा भएको सम्मेलन मध्येको सबैभन्दा उच्चस्तरीय कार्यक्रम भएको सहभागीहरुले टिप्पणी गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *