विश्व रेबिज बिरुद्ध दिवस

थाहा पाउनुस् रेबिजबाट बच्ने उपाय

 

 

आज सेप्टेम्बर २८ विश्व रेबिज दिवस। एक स्वास्थ्यको कार्यान्वयन: रेबिजबाट शून्य निधन भन्ने नाराका साथ विश्वभर रेबिज दिवस मनाइँदै छ। रेबिज रोग पशुबाट मानिसमा सर्ने रोग हो । रेबिज रोग बहुला कुकुरले वा अन्य बहुलाएको जनावरले मानिसलाई टोकेमा लाग्छ । यो एक प्राणघतक रोग पनि हो ।

यो रोग लागिसकेपछि कुनै उपचार हुँदैन । त्यसैले बहुला कुकुर वा अन्य कुनै पनि बहुला जनावरले टोक्ने बित्तिकै साबुनपानीले टोकेको ठाउँमा तुरुन्तै धोएर सफा गर्नु पर्छ ।

साथै त्यसको लगत्तै नजिकको स्वास्थ्य संस्थामा वा अस्पतालमा गई उपचार गराउनु पर्छ ।

लक्षण :

पहिलो अवस्था : टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने हुन्छ । भने विरामी साना तिना कुरामा पनि उत्तेजित हुने गर्दछन् ।

दोस्रो अवस्था : चिडचिडाहट हुने, अध्यारो सुनसान कोठामा एक्लै बस्न रुचाउने , जो संग र जे गर्दा पनि रिसाउने, पानीसंग खेल्न मात्रै होइन पानी हेर्नै डराउने, श्वास प्रश्वासमा कठिनाई हुने हुनाले तिर्खा लोपनि विरामीले पानी खान सक्दैन ।

तेस्रो अवस्था : रयाल चुहाउने , अरुलाई टोक्न खोज्ने, विस्तारै हातगोडा नचल्ने हुँदै मृत्युसमेत हुन्छ ।
रेविजरोगको असर मस्तिकमा पर्छ । यदि रेबिज रोग लागेको मानिसको समयमा उपचार भएन भने उसको मृत्युसम्म हुने खतरा हुन्छ ।

रेबिज लाग्नबाट बच्ने उपाय :

आफ्नै घरमा पालेको कुनै पनि घरपालुवा जनावरदेखि सधै सतर्क रहनुुपर्छ । कहिलेकाहिँ घरमा नचिनेको मनिस आएमा, कुकर निदाएको बेलामा, जिस्काएमा, यस्तो बेलामा टोक्न सक्छ ।

यस्तो अवस्थालाई बिचार गरेर जनावरसंग ब्यबहार गर्नु पर्दछ । त्यसमाथि बहुला जनावर भएमा झन् सतर्क हुनु पर्दछ ।

तीन महिना वा सो भन्दा बढी उमेरको सामुदायिक कुकुर, घरमा पालेको कुकुर तथा बिरालोलाई जिल्लास्थित पशु सेवा निकायमा वर्षमा एक पटक अनिवार्य रुपमा जँचाएर एन्टिरेबिज भ्याक्सिन लगाउने बानी बसालेमा रेबिजबाट बच्न सकिन्छ ।

रेबिज विरुद्धको यो खोप सरकारले नेपाली जनतालाई निशुल्क रुपमा उपलव्ध गराउदै आएको छ । कुकुर स्याल फ्याउरो जस्ता शंकास्पद जनावरले टोकेमा तत्काल सरकारी स्वास्थ्य संस्थामा पुगी चिकित्सक तथा स्वास्थ्यकर्मीसंग परामर्स लिनुपर्छ । र आवश्यकता अनुसार खोप लगाउनुपर्छ । यो खोप बढी जसोलाई पाँच डोज दिने गरिएको छ । कसै कसैलाई सात डोज समेत दिइन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *