डेंगु नियन्त्रणमा सरकारी संयन्त्र असफल भयो : एमाले

136
Shares

काठमाडौँ, ५ असोज । नेकपा एमालेले देशव्यापी रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकार असफल भएको बताएको छ ।

नेकपा एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति निकालेर भनेका छन्, ‘रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको छ ।’

हजारौंको संख्यामा विरामीहरु स्वास्थ्य परिक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य भएको भन्दै भट्टराईले विज्ञप्तिमा लेखेका छन्, “स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएका कारण विरामीको उपचारमा समस्या उत्पन्न भएको छ । सिटामोल लगायत अतिआवश्यक औषधीको अभाव भएको छ ।’

डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, विरामीको पहिचान र परिक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न, तिनै तहका सरकारलगायत विभिन्न सरकारीरगैरसरकारी निकायका बीचमा समन्वयात्मक परिचालन गर्न, सिटामोल लगायतका औषधी सहज रुपमा उपलब्ध गराउन एमालेले सरकारसंग माग गरेको छ ।

नेपालमा गत साउन यता डेंगु रोगबाट १७ हजार ५९४ जना संक्रमित भएका छन् भने स्वास्थ्य संस्थामा नआई घरमै रहेका विरामीहरुको संख्या योभन्दा निक्कै धेरै बताएको छ । सबैभन्दा धेरै वागमती प्रदेशमा १२ हजार ९ सय ४७ जनामा डेंगु संक्रमण देखिएको छ । त्यसैगरी देशभर २१ जनाले ज्यान गुमाइसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *