वीर अस्पतालमा १४ वर्ष अघि रोकिएको ओपन हार्ट सर्जरी सेवा पुन: सञ्चालन
काठमाडौँ, १५ भदौ । वीर अस्पतालमा १४ वर्ष अघि रोकिएको ओपन हार्ट सर्जरी सेवा पुनः सञ्चालनमा आएको छ । मुटु शल्यचिकित्सक डा. किरण श्रेष्ठ नेतृत्वको टोलीले गत साता २१ वर्षीया एक युवतीको ओपन हार्ट सर्जरी गरी सेवा सञ्चालनमा ल्याएको हो ।
दुई साताअघि सामान्य स्वास्थ्य जाँचका लागि दोलखाबाट वीर अस्पताल आएकी उनको जाँचका क्रममा मुटुमा जन्मजात प्वाँल रहेको थाहा भएको थियो । त्यसपछि हामीले गत ९ भदौमा शल्यक्रिया गर्यौँ । डा. श्रेष्ठले भने । उनले शल्यक्रियामा सघाउन शहीद गंगालाल हृदय केन्द्र बाँसबारीबाट डा. रबीन्द्रभक्त तिमिलाको टोली आएको बताए ।
शल्यक्रिया गरिएकी ती युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको र बुधवार (आज) डिस्चार्ज गरिएको डा. दीक्षा जोशीले जानकारी दिईन् ।
वीरमा भयो ९९ औँ ओपन हार्ट सर्जरी
आज डिस्चार्ज भएकी युवती वीरमा ओपन हार्ट सर्जरी गर्ने ९९ औँ बिरामी हुन् । यसअघि सन् २००८ सम्ममा ९८ जनाको ओपन हार्ट सर्जरी गरिएको थियो। १४ वर्षअघि उपकरण बिग्रिएपछि शल्यक्रिया रोकिएको थियो। उपकरण बिग्रिएसँगै जनशक्ति पनि कम हुँदै गएर सेवा नै बन्द हुन पुगेको कोभिड—१९ युनिफाइड अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत प्राडा भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए।
नयाँ सर्जिकल भवन संचालनमा आएपछि ओपन हार्ट जसरी गर्ने पुराना उपकरण पुनः मर्मत भएको र थप नयाँ पनि ल्याइएका कारण १४ वर्षपछि पुनः सो सेवा संचालन भएको उनले बताए।
‘पुरानो मेसिन पनि मर्मत भएको छ। नयाँ मेसिन पनि थपिएको छ,’ उनले भने, ‘मेसिन थप्नुका साथै कार्डियो डिपार्टमेन्टमा जनशक्ति पनि थपिएको छ।’ दुई वटा मेसिन तयार भएसँगै अब नियमित रुपमा वीर अस्पतालले ओपन हार्ट सर्जरी गर्ने उनले बताए। कार्डियो डिपार्टमेन्ट प्रमुखसमेत रहेका डा. श्रेष्ठले अब हरेक हप्तामा एउटा ओपन हार्ट सर्जरी गर्ने योजना रहेको सुनाए ।
कार्यकारी निर्देशक प्राडा बस्नेतले अबको तीन महिनाभित्रमानै वीर अस्पतालबाट क्याथ ल्याब सेवासमेत दिने बताए। ‘अबको तीन महिनाभित्र हामी क्याथ ल्याबको सेवा पनि दिन्छौं,’ उनले भने, ‘यी सबै सेवा दिन अहिले आवश्यक प्रविधि तथा जनशक्ति वीर अस्पतालसँग पर्याप्त छ।’ उनले भने ।
उनले वीर अस्पतालमा मुटु रोग सम्बन्धी समस्या लिएर दैनिक एक सयभन्दा बढी बिरामी आउने गरेको बताए।
ओपन हार्ट सर्जरीमा सम्लग्न टोलीमा को को छन ?
वीरमा पुन सञ्चालनमा ल्याइएको ओपन हार्ट सर्जरी सेवा सञ्चालनका लागि सीटीभीएस विभागीय प्रमुख डा. किरण श्रेष्ठ, डा हार्ट सर्जन दिक्षा जोशी, डा. दिनेश चापागाईं, एनेस्थेसिया टिमः डा रवीराम श्रेष्ठ, डा. प्रदिपराज वैद्य, डा. सुरेन्द्र भुसाल, डा. एलन अमात्य, डा. रोमन कार्की, र नर्सिङ टिम संगीता श्रेष्ठ, मुना श्रेष्ठ, उजेली पछाई, नविता देवकोटा रहेका छन् ।
यस्तै कार्डियोलोजी तर्फ डा समीर पौडेल, डा प्रभा चापागाई, डा विनायक गौतमको टिम थियो ।
वीरको टीमलाई सघाउन भन्दै गंगालालबाट ड रवीन्द्रभक्त तिमिलाको नेतृत्वमा डा आशिष गोविन्द अमात्य, डा स्मृती बज्राचार्य, डा कुञ्जन शेर्पा नर्स प्रतिमा आचार्य, शकुन्तला महत, प्रिफ्युजनिष्ट, प्रेमकान्त चौधरी, उमेश खान सहितको टोली आएको थियो ।
बम
सम्पर्क इमेल : [email protected]