सीटीईभीटीतर्फ स्तरोन्नती भएका ४० शिक्षण संस्थालाई आयोगले गर्‍यो सिट निर्धारण

काठमाडौँ, १४ भदौ । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) तर्फ स्तरोन्नति भएका शिक्षण संस्थाहरुको सिट निर्धारण गरेको छ। गत १० भदौको कार्यकारी समितिको बैठकले सिट निर्धारण गरेको हो ।

त्यसो त आयोगले २०७८ फागुन ५ गते नै केही शिक्षण संस्थको स्तरोन्नति गरेको थियो । आयोगले त्यहि मध्येका शिक्षण संस्था जसले तोकिएको मापदण्ड पुरा गरेका छन् तिनैलाई यसै शैक्षिक सत्रबाट लागू हुने गरी सिट निर्धारण गरिदिएको हो ।

त्यसबेला आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका प्रमाणपत्र तहभन्दा मुनिका ६६ वटा संस्थालाई प्रमाणपत्र तह वा सोसरहको कार्यक्रममा स्तरोन्नति गर्न स्वीकृति दिएको थियो।

चिकित्सा शिक्षा ऐनमा प्रमाणपत्र तहभन्दा मुनिका सिएमए, अनमी, ल्याब असिस्टेन्ट, आयुर्वेद सहायक, आम्ची र अकुप‌ञ्चर विषयको शैक्षिक कार्यक्रम फेजआउट गर्ने व्यवस्था छ। ऐनमा यी कार्यक्रम चलाउने शिक्षण संस्थाले दुई वर्षभित्र प्रमाणपत्र वा सो सरहको कार्यक्रम सञ्चालनका लागि स्तरोन्नति गर्ने सक्ने व्यवस्था थियो।

सीटीईभीटीले सोही व्यवस्था अनुसार १२२ वटा संस्थाको स्तरोन्नतिका लागि आयोगमा सिफारिस गरेको थियो। तर आयोगले केही संस्थाको अनुगमन र कलेजहरुको कागजपत्र लगायतका विषय अध्ययन गरेर ६६ वटा संस्थालाई मात्र प्रमाणपत्र वा सोसरहको कार्यक्रम सञ्चालनका लागि स्तरोन्नति गर्ने अनुमति दिएको हो।

हेर्नुहोस सूची

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *