बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामालाई कोरोना संक्रमण

80
Shares

हेटौडा, १३ भदौ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामालाई कोरोना संक्रमण भएको छ । अस्वस्थ भई हिजो विहान पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ आएको हो ।

उनले आफूलाई डेंगुको लक्षण देखिए पनि परीक्षणका क्रममा डेंगु नभई कोभिड १९ पोजेटिभ आएको बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो अवस्थाबारे जानकारी दिदै उनले आफ्नो अवस्था सामान्य रहेको बताएका छन् । उनले आफू घरमा आइसोलेसनमा रहेको समेत जानकारी दिएका छन् ।

मन्त्री लामाले अहिले डेंगी र कोरोना संक्रमणको जोखिम बढेकाले सतर्क रहन अनुरोध गरेका छन् । स्वास्थ्यमा केही सुधार आउनसाथ नियमित जिम्मेवरीमा फर्किने जानकारी दिएका छन्।

मन्त्री लामा शुक्रबार र शनिबारको कार्यक्रममा सहभागी हुन बिहीबार हेटौंडाबाट काठमाडौं गएका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *