सर्लाहीमा आजबाट ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप

68
Shares

सर्लाही, ७ भदौ । सर्लाहीका सबै स्थानीय निकायमा कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइने भएको छ। आजबाट जिल्लाका सबै स्थानीय निकायका ५ देखि १२ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्लाको मलङ्गवा नगरपालिकाबाहेक अरू १९ वटा स्थानीय निकायमा सोमबार नै खोप पु¥याइएको र मलङ्गवामा मङ्गलबार नै खोप पुर्याइने स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए। उनका अनुसार जल्लाका २० वटै स्थानीय निकायमा एकैसाथ खोप कार्यक्रम चल्नेछ ।

बालबालिकालाई खोप लगाउन जिल्लाका स्थानीय निकायहरुले तालिका पनि बनाइसकेका स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा एक लाख ४० हजार डोज खोप आइपुगेको छ। खोप कार्यक्रम सञ्चालन गर्न केही दिनअघि स्वास्थ्यकर्मी र शिक्षकहरुलाई अभिमुखीकरण तालिमसमेत दिइएको थियो ।

५ देखि १२ वर्ष उमेर समूहका करिब दुई सय जना विद्यार्थी रहेको विद्यालयमा त्यहीँ स्वास्थ्यकर्मी गएर खोप लगाइने छ भने सो सङ्ख्या नपुग्ने विद्यालयका विद्यार्थीलाई नजिकै अर्को विद्यालयमा लगेर खोप लगाइने छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *