आजबाट ५० जिल्लामा ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप

काठमाडौँ, ५ भदौ । आजबाट ५० जिल्लामा ५ वर्ष पूरा भएका र १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा  दिईदैछ ।

दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो । २७ जिल्लामा गत असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइसकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौ देखी १ असोजसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ ।

खोप सुरक्षित र प्रभावकारिता रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउन सरकारले आग्रह गरेको छ । पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई लगाइने कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेको छ ।

यी हुन् आजबाट खोप लगाइने ५० जिल्ला

प्रदेश नं १
भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर।

मधेश प्रदेश
बारा, रौतहट,सर्लाही

बागमती प्रदेश
रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक

गण्डकी प्रदेश
बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङजा, तनहुँ

लुम्बनी प्रदेश
कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व

कर्णाली प्रदेश
पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, जाजरकोट

सुदूरपश्चिम प्रदेश
अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *