राप्तीका उपकुलपति डा. लामिछाने राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा मनोनित

2.8k
Shares
डा. विकास लामिछाने

काठमाडौँ, १० साउन । सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेलाई राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा मनोनित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङको प्रस्तावमा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले उपकुलपति डा लामिछानेलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुमध्येबाट मनोनित गरेको हो ।

यो पदको पदावधि तीनवर्षको हुनेछ ।

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ५० मा राष्ट्रिय जनस्वास्थ्य समितिको प्रावधान राखिएको छ । मानव स्वास्थ्यको विषयमा प्रभाव पार्ने स्वास्थ्यका बृहत सामाजिक निर्धारकहरुलाई सम्वोधन गर्न विषयगत क्षेत्रको नीति तथा कार्यक्रमहरुमा जनस्वास्थ्यका मुद्धाहरुलाई समावेश गर्ने सम्बन्धमा नीतिगत सुझाव दिनका लागि यो समिति गठन गरिएको हो ।

समितिको अध्यक्षमा स्वास्थ्य मन्त्री, सह अध्यक्ष स्वास्थ्य राज्यमन्त्री, सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य, उद्योग सचिव, अर्थ सचिव, कृषि सचिव, खानेपानी सचिव , महिला बालबालिका तथा जेष्ठ नागरिक हेर्ने सचिव, गृह सचिव , बन तथा बाताबरण मन्त्रालयका सचिव, श्रम तथा रोगगार तथा सामजिक सुरक्षा सम्वन्धी सचिव , स्वास्थ्य सचिव, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ लगायत २१ जनाको समिति हुनेछ ।

सो समितिको बर्षको कम्तीमा दुईपटक बैठक बस्नुपर्ने भन्ने प्रावधान छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

2 thoughts on “राप्तीका उपकुलपति डा. लामिछाने राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा मनोनित

  1. हार्दिक बधाई एवं सफल कार्यकालको
    शुभकामना!!

  2. हार्दिक बधाई एवं सफल कार्यकालको
    शुभकामना!!
    -लिलाधर धिताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *