कोरोनाका कारण चीनमा एमबीबीएस पुरा गर्न नपाएका नेपाली विद्यार्थीले स्वदेशमै दुई वर्ष पढ्न पाउने
काठमाडौँ, ८ साउन । सरकारले चीनमा अध्ययन गर्दा गर्दै कोभिड १९ का कारण स्वदेश फर्केका सन २०१६ व्याचका विद्यार्थीलाई अन्तिम दुई वर्षको पढाई नेपालमै गर्न सक्ने व्यवस्था मिलाएको छ ।
नेपाल मेडिकल काउन्सिलले आइतबार स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै कोभिडका कारण नेपाल फर्केका तर पछि चीन जान नसकेका सन् २०१६ व्याचका करीब १३५ जना एमबीबीएसका विद्यार्थीको बाँकी पढाई अवधी र इन्टर्नसीप गरी बढीमा दुई वर्षको अध्ययन नेपालमै गर्न सक्ने गरी अनुमति दिइएको जनाएको छ ।
यसअघि चिकित्सा शिक्षा आयोगले चीनमा अध्ययन् गरेका विद्यार्थीको समस्या समाधानका लागि काउन्सिलले गर्ने निर्णयलाई आफूलाई मान्य हुने बताएको थियो ।
काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले उनीहरुलाई एक वर्षे अनिवार्य इन्टर्नशीप अनुसार वा विश्वविद्यालयले तोकेबमोजिम पुरा गर्नुपर्ने । इन्टर्नशीप भन्दा पहिलेको एक वर्षे अध्ययनको हकमा चारवटा प्रमुख विषयहरु मेडिसिन, सर्जरी, गाईनेअब्स र पिडियाट्रिक्स समावेस गर्नुपर्ने बताए ।
उनले अब देखि कोभिडसंग सम्वन्धित रहेर विदेशमा अध्ययन गरेका विद्यार्थीहरुको नेपालमा अध्ययन अध्यापन गर्ने विषयको सम्वोधन नहुने समेत स्पष्ट पारे ।
काउन्सिलले यसअघि सन् २०१४ व्याचका विद्यार्थीलाई ६ महिना र सन् २०१५ व्याचका विद्यार्थीलाई डेढ वर्षको अध्ययन नेपालमै गर्न सक्ने व्यवस्था मिलाएको थियो । गत साता मात्रै काउन्सिलले कोभिडकै कारण फिलिपिन्सबाट फर्केका ६ जना नेपाली विद्यार्थीलाई दुई वर्ष नेपालमै अध्ययन गर्न सक्ने व्यवस्था मिलाएको थियो ।
कोभिडका कारण चीनबाट फर्किएका कारण अध्ययन पुरा गर्न नपाएका विद्यार्थीहरुले बाँकी पढाई नेपालमै पुरा गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका थिए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

