थप २ जनामा हैजा संक्रमण पुष्टि, संक्रमितको संख्या २१ पुग्यो
काठमाडौँ, २२ असार । भक्तपुर र हेटौँडामा गरी थप २ जनामा हैजा संक्रमण पुष्टि भएको छ । यो संगै हैजा संक्रमितको संख्या २१ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले दिएको जानकारी अनुसार भक्तपुर चाँगुनारायण नगरपालिका वडा न.४ दुवाकोटका १ र हेटौंडा नगरपालिकामा १ जना हैजाका संक्रमित भेटिएका हुन् ।
दुवाकोटका संक्रमितको टेकु र हेटौंडाका संक्रमितको काठमाडौंस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँ उपत्यकामा हालसम्म बागबजार, कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार) कागेश्वरी मनहरा, टेकु, किर्तिपुर, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् ।
गर्मी तथा वर्षायाम सुरु भएसँगै झाडापखाला, हैजाजस्ता रोगहरू फैलने हुँदा सावधानी र सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।
सम्पर्क इमेल : [email protected]