सुर्तीजन्य पदार्थ प्रयोग नगर्न बागमती प्रदेशका स्वास्थ्यमन्त्री लामाको आग्रह

हेटौँडा, १७ जेठ । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गरेका छन् ।

विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आज हेटौँडामा प्रभातफेरीपश्चात् आयोजित कोणसभामा उनले स्वास्थ्य र शिक्षामा वजेट राखेर सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने र चेतना अभिवृद्धिको कार्यलाई जोड दिनुपर्ने बताए।

साथै मन्त्री लामाले सुर्तीजन्य पदार्थको खरिद बिक्रीमा बालबालिकालाई प्रयोग नगर्न/नगराउनसमेत आग्रह गर्दै त्यस्तो पाइएमा कारबाही गरिने जानकरी दिए ।

उनले सुरुमा आफूबाट सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने प्रण गरौँ र सबैलाई नगरौँ भन्दै यसको प्रयोगबाट स्वास्थ्यमा असर पर्ने गरेको वताए । समाजलाई सुर्तीजन्य पदार्थरहित बनाउन बागमती प्रदेश सरकारले कार्यक्रम ल्याउने लामाले बताए ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा बुद्ध चौकदेखि सुरु भएको सो प्रभातफेरी कार्यक्रम हेटौँडा बजारको परिक्रमा गरी पुनः बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सो कार्यक्रममा हेटौँडाका विभिन्न सङ्घसंस्थाको सहभागिता रहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *