अस्पताल र स्वास्थ्य संस्थामा हप्तामा २ दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

काठमाडौँ, २७ वैशाख । सरकारले अस्पताल र स्वास्थ्य संस्थामा शनिबार र आइतबार दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ ।

सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। सोही अनुसार अब अस्पताल र स्वास्थ्य संस्थामा प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिइने भएको छ।

मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय भने बढाएको छ। कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *