जिका, चिकनगुनिया र डेंगु : यी हुन् लक्षण र बच्ने उपाय

काठमाडौँ, २७ वैशाख । जिका, चिकनगुनिया र डेंगु भाइरसको संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु आवश्यक छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिका, चिकनगुनिया र डेंगु रोगको निःशुल्क पीसीआर परीक्षण पनि सुरु गरेको छ ।

लक्षण :

एक्कासि ज्वरो आउने

थकाइ महसुस हुने

टाउको, मांसपेशी तथा जोर्नी दुख्ने (विशेष गरी हात र खुट्टाको)

वाकवाकी लाग्ने  वा वान्ता हुने

बच्ने उपाय :

दिउसो सुत्दा पनि झुल टागेर सुत्ने

घरको झ्याल ढोकामा जाली लगाउने

सकेसम्म जतिबेला पनि लामो बाउला भएको लुगा लगाउने

लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख साबधानी अपनाउने

गमलाको प्लेट, फूलबारी, कुलर आदिको पानिमा कम्तिमा हप्ताको एकपटक फेर्ने

घर वरिपरि कार्यालय विद्यालय, खुला भाँडा ठाउँमा पानि जम्न नदिने जस्ता उपायहरु अपनाउन सकिन्छ

यसका साथै जिका भाइरस संक्रमण यौन सम्पर्क र गर्भवती महिलामा जन्मने बच्चामा पनि सर्ने भएकोले सुरक्षित यौन सम्पर्क राख्ने र गर्भवती महिलाको विशेष ध्यान दिने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *