गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका

विशेषगरी गर्मीको मौसम पसिनाले गर्दा तपाईले जति मेकअप गरे पनि त्यसको खासै उपयोगिता हुदैन । त्यसैलाई मध्यनजर गरी मेकअप गर्नुपर्ने हुन्छ । यसका लागि म्याट प्रयोग गर्नुपर्छ । सामान्यत आइलाइनर, गाजल, सनक्रिम, फाउन्डेसन तथा लिपिस्टिक प्रयोग गर्नुपर्छ । त्यसैले यतिबेला तल उल्लेख गरिएका कुरामा मात्र विशेष ध्यान पुर्‍याउन सके तपाईको सौन्दर्यमा निखार आउछ ।

यस मौसममा भएसम्म सन्सक्रिम तथा फाउन्डेसनको प्रयोग राम्रो मानिन्छ । त्यस्तै नचम्किने तथा नलत्पतिने खालको मेकअप गर्ने । यसले मेकअपलाई टिकाइराख्नुका साथै लत्पतिन दिदैन । त्यसैगरी चम्किलो देखिने आइस्याडोको प्रयोग गर्नाले अनुहार घाममा टल्कने गर्छ । जसले अनुहारलाई भद्दा देखाउछ । सकेसम्म लिपिस्टिक पनि नबग्ने खालको तथा गाढा कलरको प्रयोग नगरेकै राम्रो हुन्छ ।

यसबेला पानी पर्ने सिजन भएकोले ‘वाटरप्रुफ’ आइलाइनर तथा मस्काराको प्रयोग उचित हुन्छ । आइलाइनरको प्रयोग गर्दा भएसम्म पातलो लाइनर लगाउने । सकेसम्म गाजलको प्रयोग गर्ने । पसिना तथा पानीका कारण यतिबेला गाजल बग्ने तथा पुछिने डर हुन्छ ।

गर्मीमा छाला रुखो देखिन्छ, त्यसैले नियमित क्लिन्जिङ गर्नुपर्छ । डन्डिफोर छ भने बेस प्रयोग गर्नुपर्छ । नियमित योगा गर्नु पनि राम्रो हुन्छ  साथै  एसपीएफ प्रयोग गर्न बिर्सनु हुँदैन । सौन्दर्य सामग्री तेलरहित हुनुपर्छ ।

यसका साथै पानी प्रशस्त पिउनुपर्छ । रसयुक्त खानेकुरा अर्थात् तरबुजा, आँप, उखुजस्ता रसिला फलफूलमा जोड दिनुपर्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *