नेपालमा कोभिड -१९ बिरामीको आईसीयू र भेन्टिलेटर खाली

252
Shares

काठमाडौँ, १० वैशाख । नेपालमा धेरै समयपछि कोभिड -१९ बिरामीको सघन उपचार कक्ष आईसीयू र भेन्टिलेटर खाली भएका छन्।

स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार बिहिबार र शुक्रबार आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या शून्य रहेको छ ।

त्यसैगरी हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २ सय ८२ रहेको छ । जसमध्‍ये २७९ जना होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

नेपालमा संक्रमण कम हुदै गएपनि भारतमा केही दिनयता संक्रमण बढ्न थालेका विवरण आएका छन्।

भारत र चीनका कतिपय राज्यमा कोभिड – १९ को संक्रमण देखिएपछि सरकारले थप सतर्कता अनपाउन सिमा नाकालाई निर्देशन समेत दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *