जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री देउवा
उत्कृष्ठ काम गर्ने चिकित्सक तथा कर्मचारी सम्मानित
काठमाडौँ, १२ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार जनताको स्वास्थ्य प्रति सम्वेदनशील रहेको बताएका छन् । कोभिडको समयमा दिएको उपचार सहुलियत र खोपका लागि सरकारले चालेको कदम त्यसको ज्वलन्त उदाहरण भएको बताएका छन् ।
शनिबार बसुन्धरास्थित बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १४ बार्षिक साधारण सभाको उदघाटन गर्ने क्रममा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवामा निजी तथा सहकारी क्षेत्रको भूमिका निकै नै महत्वपूर्ण रहेको बताए । उनले कोभिड जस्ता महामारीका बेला निजी तथा सामुदायिक सहकारी अस्पतालहरुले राज्यसंग मिलेर रोग नियन्त्रण तथा उपचार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले निजी तथा सहकारीका मोडलमा खुलेका अस्पतालहरुको सेवा आम सर्वसाधारणको पहुँचमा हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू संस्थापक अध्यक्ष भएको अस्पतालले १४ वर्षको दौरानमा धेरै सेवा पुरयाएको भन्दै अस्पतालको सेवा दिनानुदिन बढ्दै गएको बताए । उनले नयाँ नयाँ कमिटि फेरिदै जाँदा अस्पतालको प्रगति भइरहेको बताए ।
कार्यक्रममा अस्पतालका अध्यक्ष डा केदारनरसिंह केसीले आफूले विताएका दुई कार्यकाल भन्दा बढी अवधीमा अस्पताल सुधारका लागि गरेका कामहरुबारेमा जानकारी गराएका थिए । उनले अस्पताल आम सर्वसाधारणको पहुँचमै रहेर गुणस्तरीय सेवा दिईरहेको दावी गरे ।
सो अवसरमा अस्पतालले बर्षभरीमा उत्कृष्ठ काम गरेका कर्मचारी, चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरेको थियो ।
को को भए सम्मानित ?
बार्षिक साधारण सभाको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवालले वीपी स्मृति अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई सम्मान गरेका छन् । अस्पतालका मेडिकल डाइरेक्टर डा धनवहादुर राना मगरका अनुसार बर्ष कर्मचारीको रुपमा बरिष्ठ स्वास्थ्य सहायक सीता केसी, नर्सिङ प्रशिक्षक प्रकृति भण्डारी, लेक्चरर सागरमणि भण्डारी सम्मानित भएका छन् ।
यस्तै चिकित्सकहरु डा मोदनाथ मरहठ्ठा( लामो समय काम गरेको) डा निरज बम (कोभिड फोकल पर्सन) डा सुनिलसिंह थापा, डा तोयाराज भट्ट र डा समाज गौतम अर्थोपेडिक सर्जन (टोटल हीप रिप्लेसमेन्ट सर्जरी) कोभिड आईसीयू, ऐनेस्थेसिया ओटी, कोभिड प्यासेन्ट टेककेयर बरिष्ठ प्रशासकीय अधिकृत मधु मिश्र, लगायत संगिता, प्रविण, नारायण, मिनु, सोनु समेत सम्मानित भएका छन् ।
यसैगरी अस्पताललाई नजिकबाट सहयोग गरिरहेको भन्दै राजेन्द्र पाण्डेलाई समेत सम्मान गरिएको छ ।
सम्पर्क इमेल : [email protected]